Skip to content

हृदयको ज्योति बनी आऊ


आऊ तिमी हृदयको ज्योति बनी आऊ
म तिम्रो सिपी तिमी मोती बनी आऊ ।

म तिम्रो अधरमा खुशी छरिरहुला
तिम्रो हर पाइलामा उमंग भरिरहुला
आऊ तिमी अँधेरीमा ज्योति बनी आऊ
म तिम्रो सिपी तिमी मोती बनी आऊ ।

मेरो मनको मुरलीमा तिम्रै धुन भरिदिन्छु
मुटुभरी माया साँची सम्झनामा गाइदिन्छु
आऊ तिमी जग्मगाउँदो ज्योति बनी आऊ
म तिम्रो सिपी तिमी मोती बनी आऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *