Skip to content

मनमा चोट सहेरै दुनियाँ, हँसाएको मान्छे म


डसिएको अनि कसैबाट, डसाएको मान्छे म
फसिएको अनि कसैबाट, फसाएको मान्छे म

आफू बरु सहेरै घाटा, समाजको भलाइमा
आफू कस्सिएर अरुलाई, कसाएको मान्छे म

ठूला ठूला बज्रपातमा पनि, कहिल्यै रुन जानिनँ
मनमा चोट सहेरै दुनियाँ, हँसाएको मान्छे म

अदम्य शाहस राख्दछु, झुक्दैन तथ्यमा
भ्रष्ट मनमा त्रासको डेरा, बसाएको मान्छे म

दलको आडमा अनि, मुडेबलको आडमा
मै हुँ भन्नेलाई तल–तल, धसाएको मान्छे म

Leave a Reply

Your email address will not be published. Required fields are marked *