Skip to content


उज्यालोमा खोज्यौ होला अँधेरीमा थिएँ
वसन्तमा रम्यौ तिमी खडेरीमा थिएँ ।

छातीभित्र वेदनाको चर्को आगो बल्दा
झर्ना-ताल डुल्यौ फेरि पँधेरीमा थिएँ ।

छट्पटिँदै गरिबीको सङ्घारमा पर्दा
महलमा चाहृयौ देख्न मझेरीमा थिएँ ।

मनभरि व्यथा बोकी तिम्रैसामु डुल्दा
बगैँचामा हेर्‍यौ पाखा-पखेरीमा थिएँ ।

1 thought on “अँधेरीमा थिएँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *