Skip to content


के दिऊँ प्रिये उपहार तिमीलाई
हृदयभरिको चोखो प्यार तिमीलाई।

मेरा अधरहरू तिमीलाई बोलाइरहन्छन्
तिम्रो संझनामा नजरहरू टोलाइरहन्छन्
के दिऊ प्रिये उपहार तिमीलाई
मेरो भन्नु सारा संसार तिमीलाई।

पूर्णिमाको जूनभरि तिमीलाई पाइरहन्छु
बाँसुरीको धुनभरि तिमीलाई गाइरहन्छु
के दिऊ प्रिये उपहार तिमीलाई
दुनियाभरिका सारा सृंगार तिमीलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *