अघाउदिन खै किन उसलाई जति हेरे पनि
नसकिने रैछ माया जसलाई जति गरे पनि ।
यौवनमा फुल्दो रैछ वैंश फूल फुले जस्तै गरी
वसेपछि माया आउदो रैछ झझल्कोमा घरीघरी
समुन्द्रको पानी माया नसकिने जति गाग्री भरे पनि
नसकिने रैछ माया जसलाई जति गरे पनि ।
टाढा हुन मनै छैन लाग्छ सधैँ मन नजिक हुन
जाउझैँ लाग्छ सँगसँगै आकाशको जून छुन
अब हामी सँगै वाँच्छौमर्छौ संसार सारा जले पिन
नसकिने रैछ माया जसलाई जति गरे पनि ।
