जनम जनमको चाहना मनको
आज बोलिदियो पापी मन
जनम जनमको भावना मनको
आज बोलिदियो पापी मन
फूलहरूले तिम्रै सम्झनामा
मन मन्दिर मेरो सजाएको थिएँ
चालै नदिई कसैलाई बसाएको थिएँ
आज बोलिदियो पापी मन
सपनीहरूमा सधैँ तिमीलाई
सुटुक्कै मैले सताएको थिएँ
चालै नदिई मैले फकाएको थिएँ
आज बोलिदियो पापी मन
शब्द – सी के श्रेष्ठ
स्वर – कुमार सानु, साधना सरगम
संगीत – रनजीत गजमेर
चलचित्र – तृष्णा

writer confusion
यो गीत त सी के श्रेष्ठ को अन्तर्गत पनि छ त . के हो खास कुरा ?
प्रवेशजी धन्यवाद
तपाईंले ठिक भन्नु भयो प्रवेशजी । यो सीके श्रेष्ठकै हो । सच्याइएको छ । त्रुटी औंल्याइदिनुभएकोमा धन्यवाद !