Skip to content


आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने
मलाई यस्तो अस्थीर मन नदेऊ
धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका
मलाई यस्तो स्पन्दन नदेऊ

भावनालाई दुर्भावको तुँवालोले ढाक्छ भन्छन्
मनको बह मनमै रहे नराम्ररी पाच्छ भन्छन्
मिरमिरेको तिम्रो हाँसो साँझसम्म रहन्न भने
मलाई यस्तो मुस्कान नदेऊ

गीत बोल्ने गाली बोल्ने एउटै स्वर हुन सक्छ
मनभित्रको पानीले मनको घाउ धुन सक्छ
आफूलाई आफैसित लुकाएर राख्नुपर्ने
मलाई यस्तो बन्धन नदेऊ

शब्द – नीर शाह
संगीत – सम्भुजित बासकोटा
स्वर – देविका प्रधान
एल्बम – नेपाली माया
चलचित्र – माया बैगुनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *