हुन त यो नौलो चिनाजानी
संकोचबिचको कुराकानी
तर लाग्छ मलाई तिमी देख्दा
मेरी बिगत र नौली संगिनी
तिमी नौली बन या पराइ
तिमीलाई हृदयले नै चिनिसकें
तिमी साथ रहँदा मलाई लाग्छ
म जीवनको मधुमासमा छु
जब हेर्छौ तिमी मलाई लाग्छ
म विश्वभरिकी सुन्दरी हुँ
तिमी ठान या नठान मलाई आफ्नो
मैले तिमीलाई अपनाइसकें
शब्द, संगीत – गोपाल योञ्जन
स्वर – नारायण गोपाल

Nepali
I like you
Nepali
I like you