Skip to content


ठूली,
म कसरी भूल्न सक्छु ?
तिम्रो र मेरो त्यो प्रेम
मेरो आँखामा बसेकी छौ
आँखाको नानी बनेर,

जब
तिम्रो र मेरो भेट भयो
तब,
मिल्यो आँखामा आँखा,
हातमा हात,
मनसँग मन
र,
त्यसपछि भयौं हामी
एकअर्काको मुटुको ढुकढुकी,

तिमीले सोच्दी हौँ है ठूली–
मलाई छाडी अर्कै भूगोलमा,
अर्कै संसारमा,
विरानो शहरमा रमाउँदै
रमाइरहेको होला निश्ठूरी
तर
म कहाँ भूल्न सक्छु र तिमीलाई,
कहाँ रमाउन सक्छु तिमी बिना,
कहाँ सक्छु तिम्रो माया मार्न
म कुनै नेपाली नेता हु र ?
आफ्नो कर्तब्य,
र नैतिक्ता गुमाउनलाई,

बिश्वास गर ठूली मलाई
तिमीलाई मैले भूल्नु भनेको
आफ्नै छायाँ भूल्नु हा,े
आफ्नै माया मार्नु हो,
प्राण त्याग गर्नु सरह हो
त्यसैले
ठूली,
म तिमीसँगै छु
भौतिक शरीर जहाँ भए पनि
जहाँ गएपनि
भूगोलको जुनसुकै ठाउँमा,
कृतिम घरहरुको भीडहरुमा
वा
भौतिक सुखको संसारमा,

ठूली,
धड्कन हौ तिमी मुटुको
खोजिरहनु पर्दैन
आँखा पसारेर टाढा–टाढासम्म
मुटुसँगै छौ तिमी
मेरो मुटु मसँगै छ
त्यसैले,
मलाई शंका नगर्नू,
निश्ठूरी नभन्नू,
पापी नभन्नू है ठूली……….,

मलाई मन पर्दैन तिमीले
मेरो तिर्सना र सम्झनामा
आँखा चिम्लेर
भवनामा डुब्दै
विरही गीत सुनेको ।

– केदार श्रेष्ठ गगन
भीमस्थान–५सिन्धुली
हाल–अनेसास यू.ए.ई.च्याप्टर

2 thoughts on “ठूली”

  1. म कुनै नेपाली नेता हु र
    म कुनै नेपाली नेता हु र ?
    आफ्नो कर्तब्य,
    र नैतिक्ता गुमाउनलाई,
    केदार जी क्या मजाले भन्नु भो । अनी ब्यक्तिगत कुरा मलाई चिन्नु हुन्छ? मेरो नि सिन्धुली नै हो ।
    सुनिल संगम

Leave a Reply

Your email address will not be published. Required fields are marked *