Skip to content


मेरा मनका भावनाहरू पवित्र छन्,
कहिले पनि नफटाउनु है प्रिय
तिमी नै त हौ नि मेरो एउटै मात्र सपना,
मलाई अन्यत्र कतै नखटाउनु है प्रिय
तिम्रो दिलबाट कहिल्यै नहटाउनु है प्रिय

हाँसिदिउँला तिम्रो हृदयभित्र सधैंभरि,
फराकिलो मनलाइ, नकटाउनु है प्रिय
तिमी त मेरो मुटु हौ नि,अनि जिउने आधार पनि,
मेरो माया अमूल्य छ, नघटाउनु है प्रिय
तिम्रो दिलबाट कहिल्यै नहटाउनु है प्रिय

न्यानो मायाले जुनीभरि स्पर्श गरिरहुँला,
मन पोल्ने राप सम्झी नटटाउनु है प्रिय
तिमी त बरदान हौ नि ईश्वरको,
तिमीसगै जीउछु जुनीजुनी, कतै नपठाउनु है प्रिय
तिम्रो दिलबाट कहिल्यै नहटाउनु है प्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *