Skip to content


एउटा सानो र खुशी परिवार थियो । केटाको सानो आफ्नै कम्पनी हुन्छ र केटी घरकै काममा व्यस्त हुन्थिन् । दुवै बुढाबुढीबीचको मायाको गाउँमा चर्चा थियो । उनको जोडी परेवाको जोडीभन्दा कम हुदैन ।

एक रातको कुरा हो केटो राति घर आउदा उसको हुलिया घाइते बाघजस्तो थियो।

केटी: (केटालाई देखेर झसँग पर्छिन्) यो के भाको हजुरलाई ?

केटा: (आँखाले आशु रोक्न नसक्तै रुँदै) मेरी प्यारी हाम्रो सपनमा टुट्यो, कम्पनीमा आगो लागेर केही बचेन ।

केटी: (आफ्नो जीवन साथीको आँखामा आशु कसरी हेर्न सक्थिन् र ? चुन्नीको चालले आशु पुछ्दै) मेरो हजुर किन रुनु भएको नरुनुस् । जाउँ बरु खाना खाऊँ, जे हुनु थ्यो भइहाल्यो।

केटो खाना नखाइ सुत्छ । सबै कुरा ठिकै चल्दै थियो ।

केही दिनपछि घरको आर्थिक अवस्था गम्भीर हुँदै जान्छ । लिएको ऋण तिर्न नसकेर केटो एक दिन अचानक बिदेश जाने सोच्छ र गाउँमा साथीहरूसँग ऋण मागेर पासपोर्ट बनाउँछ र केही महिनापछि भिसा पनि लाग्छ । यो कुरा केटीले थाहा पाउँछिन् । राति केटो घर आउदा केटी घरको दैलोमा बसेर रोइरहेकी हुन्छिन् । केटालाई नराम्रो लाग्छ तर के नै थियो र अरु उपाय ?

#केटा : (केटीको काधमा हात राख्दै ) किन रोएकी ?

#केटी : (रुँदै) सधैभरिसँगै हुन्छौं,सँगै बसौंला भनेर बिहे गर्नुभा होइन ? किन जाँदै हुनुहुन्छ बिदेश ? बिन्ती छ, नजानूस् ।

अर्को_दिन बिहानै घरको भाले बास्छ । केटाले बिदेश जाने अटुट फैसला बनाइसकेको थियो ।

#बिदेश जाने क्रममा टीका लगाएर बिदाइ गर्ने बेला

केटी: (केटाको अंगालोमा बेसरी टाँस्सेर रुँदै) कति साह्रै गर म खै, बिन्ती बरु घरै बेचेर ऋण तिरौंला नजानुस् ।

#केटो : नाङ्गो ढाक्न लुगा र भोजनको लागि जानैपर्छ । नरोऊ पियारी किन रुँदै रुँदै मेरो मुलबाटो छेकिरा ? म ऋण तिरिसकेपछि आइहाल्छु नि ।

#केटी: (आँखाबाट आशुका डिका खसाल्दै) म एक्लै कसेरी बसैँला र ? नजानूस् ।

#केटो (दुखित स्वरमा) : आफू त मुग्लानि परियो । अब तिमी घर धनी बनेर बस हैँ पियारी । बिदेशबाट आएपछि अनि खुशीसँग बसौँला नि !

केटो बसमा बस्ने बेला आफ्नो पतिलाई ऊ बाउँ बन्ने वाला छैँ भन्छिन र बसमा चढेर केटो जान्छ। बिमानस्थल पुगेपछि अर्को दिन बिदेशको लागि उडान भयो ।

⚠ बिदेश पुगेपछि…..
केटोले एउटा फ्याक्ट्रीको अफिसमा काम पायो । ऊ आफ्नो घरबार र प्यारीको सम्झनामा डुबिरहन्थ्यो । बिदेश आउँदा प्यारीले रोएर मुलबाटो छेकेको र आफ्नो हुनेवाला सन्तानको चिन्ताले सताइरहन्थयो । कति पटक त टुलुटुलु टोलाइरहेको हुन्थ्यो । त्यो दृश्य देखेर उसका साथीहरू एकद म दु:खी हुन्थे।

एक रातको कुरा हो, उसले सपनीमा घरमा आगो लागेर आफ्नी प्यारीको निधन भएको देख्छ । ऊ एक्कासि निद्राबाट उठ्छ हतार हतारमा घरमा फोन गर्छ । तर फोन उठ्दैन । ऊ त्यसपछि झन चिन्तित हुन्छ । केही समयपछि पियारीको फोन आउँछ तर फोनमा प्यारी होइन, छिमेकी आमा हुनुहुन्थ्यो ।

केटो (आत्तिदैँ ) : आमा हजुरसँग यो फोन कसरी, पियारी खोई ? म बोल्न चाहन्छु ।

छिमेकी आमाले ऊ बुवा बनेको र उस्की पियारी अस्पतालमा रहेकी र केही पैँसा चाहिएको कुरा भन्नुभयो र फोन राख्नुभयो । केटाले यो कुरा आफूसँगको साथीलाई बताउँछ र साथीहरुबाट पचास हजार जम्मा गरी पठाउँछ । ऊ पियारीसँग बोल्न नपाएर आत्तिन्छ । ऊ खुसी थियो र दुखी पनि, एक तर्फ छोरी पाएको खुसी र अर्को तर्फ आफ्नि पियारीको यस्तो अवस्थामा सँगैँ नभएको दु:ख ।

केही समयपछि केटोले ड्युटीमा खाना खाने समय पारेर पियारीलाई फोन गर्छ । उनी अस्पतालबाट घर भर्खर पुगेको बताउँछिन् । बुढाबुढी बीच लामो समयसम्म माया-प्रेम, दु:ख-सुखका कुरा हुन्छन् । ऊ एकदम खुसी थियो छोरी पाएको हुनाले । राति ऊ आफूले पियारीसँग छोरी हुन्छ र पियारीले छोरा भनेर फोनमा कुरा भएको सोच्दै, हाँस्छ ।

अर्को दिनबाट केटो दिनमा अफिस् र रातमा गोदाममा काम गर्न थाल्यो । र केही सालमा ऋण तिरिसकछ थियो । बुवाको माया त हो, छोरी र पियारीलाई हेर्न नपाएको नि २,३ साल पुगिसकेको हुन्छ। अन्तत कम्पनीबाट एक महिनाको बिदा लिई ऊ घर फर्किन्छ ।

⚠ घर फर्केपछि
साँझ पर्दै थियो, घाम पश्चिममा अस्ताउदै थियो । पियारी खाना पकाउदै थिइन् । एक्कासि पियारी-पियारी भनेर बोलाएको आवाज सुन्छिन् र आँगनमा आफ्नो जीवनसाथी देखेर खुसी हुन्छिन् र अंगालोमा बाधिएर रुन्छिन् । एक छिन् त उनीलाई सपना जस्तो लाग्छ ।

केटी: हजुर एक्कासि आउनु भो, एक चोटी नि भन्नु भएन हैँ म आउदै छु भनेर ? किन भन्नु हुन्थ्यो र !

पियारीको अनुहार खुसीले चम्केको थियो । त्यो देखेर एक छिन केटो मनमनैँ सोच्छ,”म त्यहाँ बिदेशमा त्यति तड्पेको थिए पियारीको यादले । उनीले त झन आमाको कर्तव्य पनि निभाउनु थियो र मोरो यादमा कति रात रुदैँ बितेका होलान् ?”

केटी खाना पकाउने तर्फ लागछिन् र केटो मुग्लानमा हुँदा जन्मेको आफ्नो छोरीको नजिक जान्छ । त्यति बेला छोरी ३ वर्षकी भएकी थिइन् र तोते बोली बोल्न सुरु गर्दै थिइन् ।

केटो: (छोरीलाई हेर्दै) पियारी छोरीको अनुहार त तिमी जस्तै छ त, है !

केटी: हो हजुर थाछ, आँखा, कान र नाक हजुरको जस्तै छ नि !

यस्तै माया प्रेमका कुरा गर्दै र हाँस्दैँ रमाउँदै रात पर्छ । अर्को दिन केटो गाउँतिर घुम्न जान्छ । साथीहरू लाहुरे आयो भन्दै खुसी हुन्छन् र केही समय पछि खानपानतिर लाग्छन् । अब गाउँमा केटालाई लाहुरे भनेर चिनिन थाल्छ ।

एक रात लाहुरे आफ्नी पियारीलाई मात्रा एक महिनाको बिदामा आएको बताउँछ । यो कुरा सुनेर पियारी केही बेल्लन सक्दिन्न । लाहुरे घर आएको चार‍-पाँच दिन भएको थियो । गाउँ घरमा सबैको घरमा सवारी साधन थियो तर उनको घर साइकल पनि थिएन । केही दिनपछि पियारीको जन्मदिन थियो। दिन लाहुरे आफ्नी पियारीको लागि साइकल किनेर दिन्छ । तर पियारी उसलाई साइकल चलाउन नआउने कुरा बताउँछिन् ।

केटी अर्को दिन बिहान न्यानो घाममा छोरीलाई नुहाएर सुताउँछिन् । एकछिनमा लाहुरे साइकल सिकाउनको लागि उसलाई बोलउँछ । केटी केही दिनमै साइकल चलाउने हुन्छिन् । तर साइकल सिक्दा हल्का खुट्टामा चोट लाग्छ । उनी राति चर्पी जान नसकेपछि लाहुरेलाई भन्छिन् र लाहुरे काखी लगाएर लग्छ र फेरि काखी लगाएर रुममा ल्याउँछ । बिस्तारै बिस्तारै दिन बित्दै जान्छ र माया पनि झन्-झन् बढ्दै जान्छ । एक महिना बितेको थाहै हुँदैन । यता लाहुरे लाहुर जाने तयारी गर्दै थियो तर उता पियारीका आँखा आँसुले भरिएका थिए । त्यो देखेर लाहुरे एक छिन् अलपत्र परे जस्तो हुन्छ ।

केटा: एक वर्ष पछि आइहाल्छु । किन रोएकी ? अनि माया-खुसीका साथ बसौँला ।

केटीलाई सम्झाई-फकाई केटोको बिदेशयात्रा फेरि सुरु हुन्छ ।

⚠ घरबाट बिदेश पुगेपछि
पहिले जस्तै गरी साथीहरूसँगै काममा जान्छ । तर लाहुरे बिदेशमा भए पनि ध्यान जति घरमैँ थियो। पियारी के गर्दै होलिन्, अहिले छिरी सुतेकी होली या उठेकी होली, रुदै होली या हाँस्दैँ होली । यस्ता यस्ता प्रश्नहरुले काम गर्ने बेला र सुत्ने बेला उनलाई सताइराख्यो । अनि रातो राम्रोसँग सुत्थेन पियारीको माया र छोरीको मायाले रहेक पल सताइराख्यो । ऊ एकान्तमा गएर पियारीलाई साइकल सिकाएको सम्झी सम्झी मनलाई शान्त राख्न खोज्थ्यो ।

दिनहरू घरको याद र साथीहरुको साथले बित्दै थिए । केटो घरमा हप्ता हप्तामा फोन गरिरहन्थ्यो । उनीहरू माया-प्रेम र दुख-सुखका कुरा साटासाट गर्थे । जुन दिन ऊ छोरी र पियारीसँग कुरा गर्थ्यो त्यो दिन ऊ धेरै खुसी देखिन्थ्यो र राति आनन्दले सुत्थ्यो ।

काम सकिन २-३ महिना थियो । सबै राम्रो चल्दै थियो । तर अचानक घरबाट छोरी बितेकी खबर लाहुरेले पाउँछ । उनीले त्यो खबर सुनेपछि पाँच मिनेटको लागि त पागल जस्तै हुन्छ, रुन्छ कराउँछ,”मेरी प्यारी छोरीलाई के भएको ? कसरी यस्तो भयो ?” भन्दै फोनमा रुँदै सोध्छ। करेन्ट लागेर बितेको खबर फोनबाट मिल्छ । ऊ त्यो रात छोरीको यादमा छट्पटाइरहन्छ । घरमा छँदा बिहानै शरीरमाथि उफ्ररेर उसलाई उठाएको याद, छोरीका ती चकचके काम र छोरीको मायाले उसलाई भित्राभित्रैँ मारिरह्यो ।

केटो दुई दिनपछि घर पुग्छ र आफ्नी पियारीको त्यो हाँसो सुहाउने अनुहारमा गम्भीर अवस्था देखेर एक छिन त मनै थाम्न सक्दैन । उसले सोचेका रङ्गीन सपना सधैँका लागि एउटा सपना नै रहन्छ ।

#केही दिन पछि
लाहुरेले घरमै काम गर्ने र फेरि पियारीलाई यता एक्लै छोडेर बिदेशमा काम गर्न नसक्ने कुरा बताउँछ । आफ्नैँ देशमा कृषि गर्छ । केही वर्षपछि पियारीले एउटा छोरो पाउँछे र बाँकी दिनहरू उनीहरू खुसीका साथ बिताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *