Skip to content

जीवनसंगिनीलाई सम्झना पत्र


प्यारी जीवनसंगिनी,
तिमीबाट छुटिएको पनि धेरै दिन भएछ । पत्र त यस भन्दा पहिला पनि पठाएको थिए । सायद दुरीको कारण तिमीसम्म पुग्न ढिला भयो होला । तर पनि तिम्रो संझना अनि मायालाई ताजा पार्न यो पत्र कोदैछु ।
काठमाडौंबाट उडेको १५ घण्टापछि मात्र सुदुरपश्चिमी अफ्रिकी सानो मुलुक पुगेको थिएँ । काठमाडौंको शीतल दिन अनि आफन्तहरूको नजिकताबाट जब टाढा हुँदै जान्थें त्यतिनै त्रि्रो अनि प्यारी छोरीको याद गाढा बन्दै जान्थ्यो । तर पनि म आफ्नो कर्तव्य माथिको जिम्मेवारीप्रति निष्ठावान हुँदै आफूलाई बिचलित हुनबाट बचाइरहेको थिएँ ।
म उडेको जहाज ८०० कि.मि.प्रति घण्टाको रफ्तारमा ३१००० फिट उचाइमा उडिरहे पनि भित्र कुनै अनुभूति थिएन मात्र मनिटरले जानकारी गराइरहेको थियो । रातको उडान भएर होला झयालबाट चियाउँदा तल जमिनमा बत्तिका लस्करहरू अनि मार्गमा पर्ने सहरहरूमा बलेका बत्तीहरू दुलही सिंगारे जस्तो देखिन्थे । यात्रा काठमाडौंबाट सुरु भएर दिल्ली सहर-बनारस-कराँची-अविदवी-रियाद-मेदिना सहर हुँदै लालसागर पार गरेपछि इजिष्टको लक्सर विमानस्थलमा अवतरण हुन्छ । दुईसयपाँच नेपाली यात्रु र चालकदल सहितको इजिप्टको MIDWEST Airlines जहाज लक्सरको एकघण्टा विश्रामपछि सियरालियोनतर्फ लाग्छ । पहिलाको यात्रामा देखिएका मनोरम दृष्यले जति रमणीय बनाएको थिए । त्यपछि विरलै देखा परे त्यस्ता मनमोहक दृश्यहरू ।
सियरालियोनको भू-भाग माथि पुग्दा र्सर्ूयका किरणहरू झयालबाट छिर्दै थियो । प्रायः झाडी मात्र देखिने जमिनका बीचबीचमा नागबेली हुँदै बगेका खोला/नाला देखिन्थे । जहाज सियरालियोनको लुङ्गी अष्ट्रिय विमानस्थल नजिक पुग्दा एकाएक आन्द्रमहासागर्रतर्फ मोडिएर चक्कर लागेपछि मात्र अवतरण हुन्छ । त्यसबेला नेपाली समय अनुसार दिउसोको २.३५ बजेको थियो भने स्थानीय समय बिहानको ०८.५० बजेको हुन्छ । मंसिर महिनामा पनि प्रचण्ड ताप, ठिङ्ग उभिएका ताडिका रुखहरू, सेता कागहरू, काला मानिस अनि खुल्ला आकास गर्मीले अति नै सतायो । हामी UNAMSIL लेखेका गाडीहरूबाट आफ्नो गन्तव्यतर्फ लाग्छौ । आधा घण्टाजति गाडी, ४५ मिनेट सियरालियोन नदीमा फेरिबाट र पुनः गाडी बदलेर हेस्टिङ्ग, अस्थायी, क्याम्पतर्फ लाग्छौ । बिहानीको खाना खाई आराम तर्फ लाग्यो । यस अवस्थासम्म हाम्रो यात्रा अझै पूरा भएको छैन । त्यहाँबाट २ घण्टा पश्चिम, रोटीफङ्क भन्ने स्थान हाम्रोलागि गन्तव्यको स्थान हो, त्यसैतर्फ प्रस्थान गर्छौं । बाटोको दुबैतर्फ ताडिका रुखहरू, अनि झयाम्प परेका झाडी, स-साना झुप्राहरूलाई पन्छाउँदै, कच्ची सडकमा धुलो उडाउँदै गाडी अगाडि बढिरहेको हुन्छ । नरिवेल अनि आँप, मेवाका सीमित रुख बाहेक केही खेती देखिदैन । जलेका गाडीका अवशेष, भत्किएका घरहरू, बजारहरूमा खाद्यान्नका लागि तरुल, अनि सुकेका माछा मात्र देखिन्छ । यी सबै गृहयुद्धको अवषेश हुनु पर्छ । गर्मीको असर भनौं या अभाव वा संस्कार केटा होस् या केटी प्राय: तल भागका कपडा मात्र लगाएर खुल्ला छाती देखाएर रहेको देखिन्छन्, चाहे त्यो बालक, तन्नेरी, युवा या बृद्धा होस कुनै पर्वाह नै छैन । हाम्रालाई यी असहज दृष्यहरू थिए, अझ नुहाउने क्रम त झन पूर्णरूपमा स्वतन्त्र देखिन्थे । केटा होस या केटी र्सार्वजानिक स्थान, खोला नालाहरूमा पनि र्सवाङ्ग नाङ्गै बनेर नुहाई रहेका देखिन्थे । हाम्रो संस्कारले पचाउने नसकेकोले नै होला हामी आफै बाध्य भएर मुन्टो अर्को तर्फ बटार्नु पर्थ्यो ।
प्यारी, यस अवस्था भनेको मेरो कर्तव्यले म एक बुद्धको देशबाट शान्ति स्थापना कार्यको लागि आएको शान्ति सैनिक भएबाट यहांको असहज परिस्थितिलाई शान्ति कामय गर्नु हो । अनि यहाँ आउन सक्ने असहज परिस्थितिलाई पनि मैले समाना गर्नु पर्ने नै हुन्छ । तर पनि भन्नु पर्दा यहां म एक्लै हैन, हामी धेरै नेपाली सैनिक दाजुभाइहरू भनौ तिमी जस्ता धेरैका पतिहरू पनि छन् । आफ्नो कर्तव्यले डोराएर आएका उनीहरू पनि कर्तव्यले बाँधिएर आफ्नी प्यारी तथा आफन्तलाई शब्द सन्देशले माया गर्छन । विगतले जति अशान्त, आक्रन्त पारेको थियो त्यो अवस्था वर्तमानमा छैन । तरपनि अभाव, गरिबीले पिरेको, स्वास्थ्य, शिक्षाबाट टाढा पर्नु भनौ आर्थिक विपन्नताले गाँजेको छ वर्तमानलाई ।
प्यारी यस देशलाई भन्नु पर्दा १९६१ मा ब्रिटिश साम्राज्यबाट स्वतन्त्र रहेको, आन्द्रमहासागरको उत्तरी किनारमा अवस्थित ७१,७४० वर्ग कि.मि. क्षेत्रफल ओगटेको गिनी र लाइबेरियाको छिमेकी मुलुकको रूपमा रहेको यो सियरालियोन, अर्थात सिंहको पहाड, राजधानी प्रिmटाउन अर्थात स्वतन्त्र दासको सहर रहेको यो सुन्दर शान्त मुलुक १९९१ को मार्चबाट Revolutionary United Front(RUF) ले निम्त्याएको गृहयुद्धले ज्यादै ठूलो क्षति व्यहोरेको छ । यसलाई समाधानार्थ आन्तरिक तथा पश्चिमी अप्रिmकी क्षेत्रीय संस्थाहरूले निकै प्रयास गरे, शान्तिपूर्ण समाधानको लागि तर असफल रहेँ, हरामका सामु रामहरू । देशले १९९५ मा चुनाव घोषणा गर्यो, यसमा बिद्रोही समूह सम्मिलित भएन । राष्ट्रपतिमा डा.अहमेद तेजान कब्बाह निर्वाचित भएपनि स्वीकारेन ब्रि्रहीले । विभिन्न क्षेत्रीय प्रयासका वावजुद संयुक्त राष्ट्रसंघको संलग्नताले बिद्रोही समूह र सरकार बीच युद्धविरामको लागि सहमत बनायो । सो कार्यको सहयोगार्थ विभिन्न ३१ मुलुकका सैनिक, सैनिक/प्रहरी पर्यवेक्षक तथा गैह्रसैनिकहरू संलग्न गराई शान्ति, सुरक्षा तथा विकासका कार्यहरूमा संयुक्त राष्ट्रसंघ सम्मिलित भयो । बिद्रोही र सरकार बीच भएको शान्ति संझौता अनुसार Disarmament, Demobilization / Reintegration (DDR) कार्यक्रम संचालन भयो । जस अनुरूप निशस्त्रीकरण, पुनरबास, विभिन्न विकास कार्य तथा रोजगारीमूलक कार्यक्रम संचालन गर्यो । बिद्रोह त्यागेर सामाजिक जीवनमा र्फकनेहरू माथि लक्षित कार्यक्रम सकारात्मक रूपमा सफल भएको मानिन्छ । यहाँ २००२ मे मा सम्पन्न राष्ट्रपति तथा पार्लियामेन्ट चुनावमा बिद्रोही समूहको रूपमा मानिएको RUF को संलग्नताले उनीहरू पनि देश र जनताप्रति उत्तरदायी रहेको जानकारी गराउँछ । अन्तत देश र जनताको लागि शान्ति संझौतामा सहमत भएर मुलुकको संविधान मुताविकको चुनावमा संलग्न भई आफूलाई जनता र मुलुकप्रति सचेत नागरिकको रूपमा आफूलाई उभ्याए । उनीहरूको दस वर्षम्मको संघर्षबाट जनता अनि उनीहरूले के पाए र के गुमाए भन्नु पर्दा गृहयुद्धले २५ लाख व्यक्ति शरणार्थी बन्न बाध्य तुल्यायो, २० लाख व्यक्ति अङ्गभङ्गको शिकार बने तथा ७० लाख भन्दा बढीले ज्यान गुमाउनु पर्यो । उनीहरूको चुनावमा संलग्नता नाम मात्र बन्न पुग्यो । जुन चुनावी परिणामले र्छलङ्ग पारेको छ । उनीहरू प्रति जनर्समर्थन कस्तो रह्यो भन्ने कुरा, बिद्रोही तर्फको राष्ट्रपति उमेदवारले १.७२ प्रतिशत मात्र भोट पाउनु पार्लियामेन्टको सिटमा शून्यमा चित्त बुझाउनु बाध्य हुनुले बुझाउँछ । यसले के जानकारी गराउँछ भने जनता नै नभएपछि, आन्दोलनको नाउँमा निम्त्याएको हत्या हिंसाले सत्ता प्राप्त गरिन्छ या जनताको मन जितिन्छ भन्ने कुरा निर्रथक हुन्छ भन्ने कुरा यहाँको परिस्थितिले पाठ पढाएको छ । यहाँको गृहयुद्धले मुलुकको विकासलाई १०० वर्षपछाडि धकेलेको छ । लाग्छ गृहयुद्धको असरले उनीहरू झन जंगली युग तफै र्फकन बाध्य भए जस्ता भान गराउँछ ।
प्यारी, यहाँको दर्दनाक र दयानीय अवस्था एवं मेरो यात्रा विवरण सुनाई हाले । अरु कुरा आउने पत्रमा लेख्दै गरौला अहिलेलाई पत्रको बिट मार्दछु ।
उही तिम्रो जीवनसाथी
सियरालियोनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *