Skip to content

“रानीबनमा…”-प्रणयपरक गजल


पोखराको सेरोफेरोमा …..

गुम्बाबाट जब हामी झरियो रानीबनमा
फेवाताल नजिकै को हरियो रानीबनमा

सुनसान बातावरण कोईलीको स्वर सङ्गै
एक अर्काको आलिङ्गनमा परीयो रानीबनमा

गोरेटो मैं सुरु भा’थ्यौ डर लाग्यो अलिअली
त्यसैले त घारि तिर सरियो रानीबनमा

तिर्खाएका दुई यात्री अमृतको सागरमा
मिलिजुली मानापाथी भरियो रानीबनमा

नजरहरु झुकाउदै अधरहरु जुधाँउदै
भन्नै लाज लाग्ने कुरा गरियो रानीबनमा

गुम्बाबाट जब हामी झरियो रानीबनमा
फेवाताल नजिकै को हरियो रानीबनमा

4 thoughts on ““रानीबनमा…”-प्रणयपरक गजल”

  1. गजलको शब्दहरुको सम्योजन
    गजलको शब्दहरुको सम्योजन स्वरुप झल्किएको बिम्ब बास्तबमै राम्रो लाग्यो ।

    निर्मला थापा,

  2. मन को कुरा सरसर्ती भनि दिनु
    मन को कुरा सरसर्ती भनि दिनु भो

    मन प्रफुल्ल भयो अनि भित्र भित्रै काउकुती लग्यो रानी बनमा के के भयो भनेर जान्न फेरी मन लाग्यो
    अनि यो शेर ले मनलाई लोभ्याइदियो

    ये बा बा के भयो होला अनि कति रमाइलो भएहोला

    सब्द संयोजन अनि राम्रो लाग्यो त्येसैगारी हजुरको यो गजल मन ले पटक पटक पड़न मन लाग्यो
    सुभकामना छ येस्ता गजल लेख्दै गर्नुहोला

    नजरहरु झुकाउदै अधरहरु जुधाँउदै
    भन्नै लाज लाग्ने कुरा गरियो रानीबनमा

    के भयो के गरियो???????

Leave a Reply

Your email address will not be published. Required fields are marked *