Skip to content

कस्को लागि भन


आज काल तिमी रानी भा छौ, कस्को लागि भन
राम्री कि त खानी भा छौ, कस्को लागि भन

हिजोसम्म राम्रै थियो, वोल्थेउ मज्जासग
आज थोरै वैमानी भा छौ, कस्को लागि भन

न त गर्थेउ सिगार पेटार, न त चहल पहल
आज कसरी जवानी भा छौ, कस्को लागि भन

पत्थर जस्तै नपग्लने, पहाड जस्ती अडिक तिमी
पग्लिएर पानी भा छौ, कस्को लागि भन

Leave a Reply

Your email address will not be published. Required fields are marked *