Skip to content


पला-पला जिन्दगीको पात खस्दै गयो
गोधूलिको संघारमा रात खस्दै गयो

आफैँलाई बिर्सँदै म पराई माझ पुगेँ
धेरै बिहान झुल्किएँ म धेरै साँझ डुबेँ
मलाई आफ्नै सपनीको प्यास लाग्दै गयो
फूल फुल्दा तिम्रो मात्र याद जाग्दै गयो

कहिले बजेँ तारसँगै आफैँ थर्किएर
कहिले खसेँ ऐना जस्तै फुटेँ चर्किएर
मलाई आफ्नै वेदनाको आघात लाग्दै गयो
तिमी विना आफ्नै आँगन प्रवास लाग्दै गयो

शब्द, स्वर, संगीत -आभास

Leave a Reply

Your email address will not be published. Required fields are marked *