Skip to content


साक्षी छ यो धरती
साक्षी छन् यी आँखाहरू
यही साक्षीभावमा
पढिरहेँछु म तिम्रो नाम!
तिमी!
केवल तिमी,
मान्छे हुनुको परिधिलाई नाघेर
हिमाल हुन खोज्यौ तिमीले
यति खोज्यौ हिमाल हुन कि
तिम्रो महत्वकाङ्क्षाको दाँजोमा
तिमीभन्दा सर्वोच्च हुन
कहिल्यै खोजेन सगरमाथा स्वयंले पनि ।
जबजब
मान्छेले हिमाल हुन खोजेको
र हिमाल हुन खोज्दा
आफ्नो मौलिक परिचयसमेत गुमाएको
कुनै ज्वलन्त इतिहास खोजिने छ
त्यतिबेला
मेरो पि्रय राजा!
त्यहाँ बारम्बार तिम्रो!
केवल तिम्रै नाम भेटिने छ ।

-साँघुटार, रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *