Skip to content


तल भेरीमा झलल बिजुली बलेको छ
माथि खलङ्गा अन्धकारमा जलेको छ ।

माटोको गन्ध र कालाखण्ड बिर्सन्छन् यहाँ
धनरोगी सत्ता अविकासले गलेको छ ।

दह पँधेरो गाउँको सुन, पत्थर खानी
धनी भइकन किन भोकमरी चलेको छ ।

परिश्रमी कति छन् सिँगारेका छन् धर्ती
सत्ताको ढुकुटीमा विष मात्रै फलेको छ ।

यति सुन्दर छ जाजरकोट उसको दाँजोमा
राजधानी काठमाडौँले कालोमोसो दलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *