प्रेमी एउटा हुन्छ साथी, हजार नबनाउनु
आफैँले आफैँलाई, बजार नबनाउनु ।
गुलाफ साट्दै माया बाँड्दै हिँड्छ्यौ रे जताततै
गुलाफलाई धेरै सस्तो, उपहार नबनाउनु ।
संसार जिती सागर पुगौँ, हुन्छ सबैलाई
आफू बगी अरूलाई, किनार नबनाउनु ।
तरबारले काट्दा नि, सहेथ्यो चोभारले
सहने सबैलाई, चोभार नबनाउनु ।
तिमी हार भन्दिन म, जित्दै जाउ सधैँ
आफ्नो जितलाई ‘सुरेश’ को, हार नबनाउनु ।
-अमृत क्याम्पस, ठमेल

सुरेशको कहिल्यै हार हुने छैन!
सुरेशको कहिल्यै हार हुने छैन!
Nice Gajal
Soooooo Nice I
Nice Gajal
Soooooo Nice I like It very much….. Thanks soooooooooo Much
Tanka Khanal (Dinesh)
[email protected]
[email protected]