Skip to content


जलाउ लाश
खरानी बनाउँदा
माया मर्दैन ।

अन्तिम पत्र
एकपाना कागज
च्यात्नु कि पढ्नु ।

कस्तो आनन्द
सर्वस्व गुमाइन्छ
एकै छिनमा ।

सादा कागज
माइलीको जोवन
लेखुँ-नलेखुँ ।

-उदयपुर, कटारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *