Skip to content


शीतको थोपा
गुलाफको फूलमा
मेरी प्रेयशी ।

सधैँ हँसिली
लालुपाते फूलेझैँ
मेरी संगिनी ।

लाली गुराँस
सिउरेर हाँसेकी
मेरी मायालु ।

गोधूली साँझ
सप्तरंगी इन्द्रेणी
तिम्रो मुहार ।

वसन्त ऋतु
बैशालु उपवन
तिम्रा नयन ।

तिम्रो प्यारको
अविरल बन्धन
मेरो जीवन ।

(उजागर मासिक, २०६० भदौमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *