डाँडै काटी गए पनि नजिकै भए जस्तो
पिरतीको कथा ब्यथा लाग्छ किन सस्तो
उमेर गयो बैश गयो
फर्कदैन त्यो खोली बनेर
निष्ठुरी यादहरु
आईरहन्छन् आँशु बनेर
यसै गरी जीबन बिताउने कसम त्यो कस्तो
पिरतीको कथा ब्यथा लाग्छ किन सस्तो
छल छाम गरी तोडेको बचन
फुल्दैन अब फूल बनेर
सम्झी-सम्झी बाचिरहनेछु सधै
पानी संग पर्ने असिना बनेर
यसै गरी तृष्णा जलाउने कसम त्यो कस्तो
पिरतीको कथा ब्यथा लाग्छ किन सस्तो
