अँधरीसँगै उदाउने, पूर्णिमाको जून जीवन।
मनभित्र उमंग भर्ने, सुरिलो धून जीवन।
जिउन नजानी कोही, खल्लो बनी बाँच्छन,
यही रसिलो बनाउने, एक ढिक्का नून जीवन।
उजाड उदास बगैचामा,बहार बनी आउनेलाई,
बाँचुन्जेल सजिदिने, नम्बरी सून जीवन।
घाम, जुन, रात, फूल, काँडा, पात,
रोज साथी आफै, मन पर्छ कुन जीवन??
इन्द्र पुन “इन्द्रेणी”
