ईश्वरको बरदान तिमी, धर्तीकी परी
जहींतहीं तिमीलाई मात्र देख्छु मेरो वरिपरि
आखाले भन्यो मलाई पट्टी लगाऊ
बन्द आँखाले प्रेमको यात्रा कसरी बढाऊ
कागजको तस्बीर तिम्रो जलेर गयो
तर मनको तस्बीर मुटुभित्रै रह्यो
मुटुले भन्यो मलाई निकाली देऊ
बिना मुटुको शरीर लिएर म कसरी जिऊँ?
तिमीलाई भुलें, गएँ म तिमीबाट धेरै टाढा
तर तिम्रो सम्झना आउँछ दिन दिनै गाढा
मस्तिष्कले भन्यो मलाई निस्कृय बनाऊ
आधा मस्तिष्कको जीवनलाई के नाम दिऊँ?
indra20092003@yahoo.com

it is simpli the best
it is simpli the best