Skip to content

दागबत्ती दिन पाइन


मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला

न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला

नाम लिई बोलाउने मनको चाह मन नै रह्यो
कर्म रैछ सिसा जस्तो फुटेको त सुन्थ्यौ होला

खरानीमा देह मिल्यो भाँचीगए सपना पनि
जीवित भए मेरो ब्याथा तिम्रो मनले गुन्थ्यौ होला

न त मसाल छुन पाएँ न त पानी मुखमा हाल्न
दागबत्ती दिन पाइन पवित्र त हुन्थ्यौ होला

-मनोज काफ्ले ‘मनसुन’

( प्यारो साथी मिनाजी को तर्फबाट श्रीमानजी को सम्झना मा समर्पित)

6 thoughts on “दागबत्ती दिन पाइन”

  1. ramro lagyo.
    manojji tpaiko

    ramro lagyo.
    manojji tpaiko bednayukta GAZAL padhda kata-kata aatma glani vayo. minajiko trfabat samarpit rahechha. auta sathiko dukhma sahavagi jnaunuvayko kura GAZALle byakta greko chha. ramro lagyo.
    – gorkhesailo, nepal.

  2. बिषयचयनासुरको भाब प्रस्ट
    बिषयचयनासुरको भाब प्रस्ट लाग्यो अनी दु:ख लाग्यो तपाईंको साथीको यथार्थ सुनेर।

    गजल कतै बाट पनि मैले मरेको देखिन।

    न त मसाल छुन पाएँ न त पानि मुखमा हाल्न
    दाग बत्ति दिन पाइन पबित्र त हुन्थेउ होला

    परदेशिको अवस्था छताछुल्ल देखियो।

  3. मार्मिक गजल दिनुभयो।
    मनोजजी,

    मार्मिक गजल दिनुभयो।

    मनोजजी, यस्तो वास्तविक लेखक तपाईं नै हो कि अरू नै साथी? यदि अरूले नै लेखेको हो भने, ‘लेखक’मा हाल तपाईंको नाम छ; सच्याउनुहोला।

    –कुमार

  4. कुमार जी मैले आफै मेरो
    कुमार जी मैले आफै मेरो आत्मिये साथी को सम्झना मा लेखेको हो अरु कोहि होइन येसको लेखक,,,,,,

    हजुर एक नारि पति वियोग मा सहनु परेका पिडा पनि पश्चाताप मान्दै उन्नी संग गुहार माग्दै रुदै उनकै श्रीमान लाइ सम्झेर बाकि जीवन उनकै लागे बच्ने संकल्प गर्छिन अनि उनकै पतिदेव लाइ पुकारछिन
    रुदै कराउदै ,,,,,,,,,,,,,,

    हो यो बेदना छ युक्त गजल राम्रो मानेर मलाइ अझ अगाडी बढ्न सहयोग गर्ने साथी अनुभव जी
    कुमार जी अनि गोर्खे साइलो जी लाइ आत्मा देखि Thanks भन्छु

    हजुर हरुबाट सदैब प्रोत्शाहन र सुझाब को आसा गर्दछु र मेरा कुनै गल्ति भयो भने सुधारदीनु होला हुनेछ भनि कुमार जी संग हात जोडछु

    नमस्कार

  5. manoj jee suva sajh!
    tapaile

    manoj jee suva sajh!
    tapaile sachai mutu 6une gazal leknu vaye6,(a) mero jiban fulauna mitho sapana bunthyou hola, (b) timra manka baha ma sanga nai dhunyhyou hola, manoj jee yesko lagi m k dioo matra aasirbad
    ani yesari nai tapaika har pailaharu ti mastikharuma sworswatile bas garun manoj ji malai lag6 yo chetra tetti sajilo ta 6ena tara kathinaiko fal katti mitho hun6.
    yesari kalpanik kathiyeka vanda wastabiklai sameteka manab jatika vok tirkha haso khusi lai sametdai mahansahityeka gothalo dasi bannu hose la.
    je thiyo hijo pani thikai thiyo,je 6 aaj pani thikai6,je hune6 voli pani thikai hune6. (mina bantawa)

    1. मिना जी भोलि कसैले देखेको
      मिना जी भोलि कसैले देखेको हुन्न तरपनि भोलि को लागी जीवन सुरछित बनाउन जो कसैले पनि चाहेको हुन्छ
      बाधा अड्चन जीवन मा परिरहने एक किसिम का चोट जस्तै हुन् तर जुन भएको कुरा येस गजल मा लेखिएको छ म त भन्छु कसैलाई पनि एस्तो बेदना मा गुज्रिन नपरोस बरु गजल का
      शेरहरूमा न शेरियोस……….

      फेरिपनि जस्तो सुकै पींडा बेदना सहेर बाच्नु नै एक मानवताको परिचय हो कि?

      सुन्दर कमेन्ट को लागी मुटु देखिने धन्याबाद स्वीकार गर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *