Skip to content

प्रायश्चित

प्रायश्चित
नरकुमार चौहान

आधी रातमा ताराहरु गन्दै,
कोल्टे फेर्दै अनि सुस्ताउँदै,
आफ्नै मनलाई एकोहोरो प्रश्न प्रतिप्रश्न गरीगरी,
उनी ननिदाएको त्यो क्षण सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।

कल्पिएर मनका रहरहरु जोख्दै,
विलौनाका नुनिला आँसुहरु पोख्दै,
सुम्सुम्याउँदै सपनाहरुका फूलहरु थरिथरि,
उनी दुखेको त्यो पल सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।।

छुट्टिन नमानेका भावनाहरु मार्दै,
अंकुराएको प्रेमलाई भेलबाढीमा तार्दै,
रित्तो मुटुभित्र समपर्णको जल भरिभरि,
उनी छट्पटिएको त्यो समय सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।।।

कालजयी माया गर्ने बानी सार्दै,
पराइका आलिसन सपनाहरु टार्दै,
छातीभित्र मेरै तस्वीर टाँसी रोएको लडिलडि,
उनी भक्कानिएको त्यो काल सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *