हेरेर परसम्म विक्षिप्त क्षिजितलाई,
किन हुन्छ यो वह कतै पोखिदिउँ ।
देखेर आँधीझैं उर्लिएका यादहरुलाई,
किन हुन्छ यो सास यतै रोकिदिउँ ।।
लेखेर कथा मूर्छित कल्पनाहरुको,
किन हुन्छ यो तन कतै ठोकिदिउँ ।
कोरेर पहाडहरुमा कहिले नमेटिनेगरी,
किन हुन्छ तिम्रै आकृति यतै खोपिदिउँ ।।
रोकेर चालहरु निरस यात्राहरुहरुकाे,
किन हुन्छ यी पाइलाहरु कतै घोपिदिउँ ।
नदेखाएर अजर अनि अजम्बरी रहरहरु,
किन हुन्छ यो मुटुभित्र कतै छोपिदिउँ ।।
छेकेर बाटो आफ्नै जिन्दगीको,
किन हुन्छ भावनाहरु कतै जोखिदिउँ।
बुझेर सुस्ताएको बजार तिम्रो मायाको,
किन हुन्छ आफैं मूल्य यतै तोकिदिउँ ।।
सम्हालेर सिसाझैं चोइटिएका सपनाहरुलाई,
किन हुन्छ पिरतीको भारी कतै बोकिदिउँ ।
छोएर नफक्रिदैओइलिएका फूलहरु,
किन हुन्छ यो छातीभित्र यतै रोपिदिउँ ।।