Skip to content

त्यो रात

  • by

आसैआसमा रित्तिएको त्यो रात ,
भेटिन नपाउँदै छुट्टिएको त्यो साथ,
खै कसरी भनुँ म छट्पटिका कथाहरु,
चन्द्रमा नउदाउँदै अस्ताएको त्यो रात ।

आकाशलाई नियाल्दै वितेको त्यो रात,
बोल्न नपाउँदै सकिएको त्यो बात,
खै कसरी पोखुँ म मनका व्यथाहरु,
ताराहरु नचम्किदै सकिएको त्यो रात ।

आँखाभरि तिमी छचल्किएको त्यो रात,
चुम्न नपाउदै हटाइएको त्यो हात,
खै कसरी गाउँ म विरहका भाकाहरु,
बादलविना भरी परेको त्यो रात ।

मुटुभित्र आगो सल्किएको त्यो रात,
सास फेर्दा फेर्दै बनेको त्यो लाश,
खै कसरी रोकौ म यादका छालहरु,
खहरेहरु पनि नसुस्ताएको त्यो रात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *