विश्व मानचित्रबाट नेपाल हराएन भने
दुई त्रिकोण को झण्डा लोप भएन भने
हामी नेपाली हुन्छौं , हामी गोर्खाली हुन्छौं
हामी बहादुर हुन्छौं , हामी हामी हुन्छौं
यदि
भए नेपाल,,,,
सात समुन्द्रमा डुबुल्की मारे पनि
पाप पखालिने छैन
सात जन्ममा पनि भार उत्रने छैन
हाम्रा सन्तान हाम्रा पाप र पुर्खाको सरापको भागी हुने छन्
हाम्रो आत्माले कदापि शान्ति पाउने छैन
यदि
गए नेपाल
भलै हामी हाँस्न सकेनौं
सम्मान सहित बाँच्न सकेनौं
तर
हामीले हाम्रा पुर्खा बाट पाएको हाम्रो देश मात्र पनि
हाम्रा सन्तानलाई सही हस्तान्तरण गर्न सक्यौं भने
हाम्रा सन्तान हाँस्नेछन्
विश्व सामु उच्च सम्मान सहित बाँच्ने छन्
यदि
रहे नेपाल
नेपालीहरु
यदि साँच्चै हामी एक हुन सक्यौँ भने
सबै मिली उन्नतिमा अगी बढ्न सक्यौँ भने
अन्याय र अत्याचार बिरुध्द लड्न सक्यौँ भने
जीत अवश्य हाम्रो नै हुनेछ
साँच्चै जीत हाम्रो नेपाल र हामी नेपालीको हुनेछ
अनि पो हामी भन्न सक्छौँ जय नेपाल जय नेपाल
जय नेपाल
पुस्कल पौडेल (—प्रतिक)