Skip to content

चोखो तिम्रो माया चोखिँदै छु म नि


चोखो तिम्रो माया चोखिँदै छु म नि
तिमीसँगै अब जोखिँदै छु म नि ।।

भावनाकी तिमी छताछुल्ल खानी
तिमीसँगै अब पोखिँदै छु म नि ।।

संयम, धैर्य अनुपम छ तिम्रो
तिमीसँगै अब रोकिँदै छु म नि ।।

तिम्रो नाम चयन जहाँसुकै छ
तिमीसँगै अब तोकिँदै छु म नि ।।

मनमा सबैको अटाउने तिमी
तिमीसँगै अब बोकिँदै छु म नि ।।

1 thought on “चोखो तिम्रो माया चोखिँदै छु म नि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *