Skip to content


कस्तो अट्टहास
कस्तो निस्सासिँदो
यो कहालिलाग्दो जीवन
बाटो हिँड्दाहिँड्दै
दोबाटोमा अल्झिएको जीवन
कतै फूल छ त कतै काँडा
घोचाइलाई सहँदै
अघि बढ्दै जानुपर्ने जीवन
टुक्रिएर छताछुल्ल
भुइँमा झर्दा नझर्दै पनि
समयले दिएको घात भनी
सम्हालिएर फेरि उठ्नैपर्ने जीवन
कति पीडा
कति बोझिल सपना
यो उराठलाग्दो जीवन
आत्मालाई ऊँमा अर्पिएर
हृदयमा शान्ति ल्याउनुपर्ने जीवन
कस्तो मृगतृष्णा
कस्तो चाहना
भाग्यको भेलमै बगाएर
बाँच्नुपर्ने जीवन
निमेषमै आँसु झरिदिने
निमेषमै हाँस्न मन लाग्ने
सहाराका हातहरू
तड्पिँदै खोजिरहेको जीवन ।

– नारायणगढ, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *