Skip to content

ती पंखका आत्माहरु

म पहिलो पंख उमार्छु,
तर डराउँछु —
हिंस्रक राजाका सिपाहीहरूको क्रूर छायाँबाट।
आफ्नै सुरक्षा खोज्दै
त्यो पंख आफैँ काटिदिन्छु।

दोस्रो पंख फेरी उम्रीन्छ,
तर फेरि डराउँछु —
रक्तपिपासु जङ्गली गुरिल्लाहरूको झण्डाबाट।
आफ्नै त्रासमा
पुनः त्यो पंख उखेलिदिन्छु।

यो क्रम बारम्बार दोहोरिन्छ,
आफ्नै प्राण बचाउन खोज्दा
हजारौं पंखहरूको हत्या गर्दछु ।

तर ती पंखहरूको आत्मा
मेरै वरिपरि घुम्छन्,
र मलाई नै फुसफुसाउँदै भन्छ्न

“तिमीले कहिले चिन्न सकेनौ
आफ्नै पंखहरूको शक्ति।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *