Skip to content

तिमी र म

काश म निन्द्राको घनिभुत अन्धकारलाई चिरेर
जागृतिको उज्यालोमा बौह्रिएर बाहिर आउँ,
जहाँ तिमी,
सपना मात्र नभई
मेरो अस्तित्वको सत्य बनेको होस।

तिम्रो अङ्गालोमा लुक्दा
मेरो हृदयको प्रत्येक धड्कन तिमीमा विलीन होस्।
तिम्रो स्पर्श मात्रले
मेरो जीवनको रिक्ततामा रंग भर्दै
तिम्रो सुवासले मेरो श्वासलाई काव्य बनाइदियोस।

तिमी,
मेरो चेतनाको गहिराइमा पलाएको
एक अमूल्य प्रेरणा हौ।
मेरो भावनाको हरेक तरङ्ग
तिम्रै नामको कविता बनेर हिमनदी झै बग्दछ
तिम्रो एक मुस्कानले
मेरो निराशाको बादल चिर्दै
जीवनको आकाशमा सजिव सप्तरङ्गी प्रकाश छर्दै
जीवनको महत्त्वलाई अमृतमय बनाइदिन्छ।

त्यो क्षण
समयले आफ्नो सीमा यसरी भुलिदियोस कि
हाम्रो मिलन अनन्तमा समाहित हुनसकोस
तिमी सँगै बितेको हरेक साँझ र रात
सन्ध्या र गोधुली स्वर्णिम बनिदिउन
तिमीले लगाएको अत्तरको सुगन्ध
केशमा महकिएको सेम्पु सुवासित भएर
अरनिमाका लालीले तिमीलाइ जिस्काइदिउन
यसरी मेरा प्रत्येक बिहान
तिम्रै अङ्गालोमा खुलिदिउन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *