- डा. नवराज सुब्बा
रङ छ्याप्ने हातहरू कहिले सुकिला बन्लान्?
स्वार्थका छायाँसंगै कहिले अँध्यारो टर्दै जालान्?
यो उत्सवमा समयको मुखुण्डो फुकाल्न नसकिए,
फेरि अर्को साल उही घाउ, उही व्यथा बल्झिएलान्!
नयाँ पालुवा पलाए पनि फल किन लाग्दैन?
रङहरूको उत्सवमा सत्य किन देखिँदैन?
यो होलीले इतिहासलाई रंग्याओस् कि पखालोस्,
बेलैमा सोचौँ, नत्र समय हामीलाई आउँदैन!
रङहरूको भेलमा डुबेपछि के रहन्छ शुद्ध?
बोटमा फूल फुलेका छन् कि समय नै थकित छ?
कतै सपनाहरू खरानी बनेर हावासँग उडिरहे,
जीवनले काँचुली फेर्दै, भविष्य कहाँ जोडिन्छ?