Skip to content

सर नमस्ते !

  • by

सर नमस्ते,
उहि छात्रको तर्फबाट हजुरमा
सम्झनुस त उहि मलाई
मेरो नौ-दस महिनादेखिको
स्कुलको झोत्रो लुगामा
पुराना चपलमा
पुराना फाट्दै गरेको पुस्तकमा
क्याप पनि हराएको कलम अनि कापीमा

तपाइँले बिर्सनु भयो होला,
मैले बिर्सेको छैन
डुङ-डुङ गनाउने
छिस्किनी नलाग्ने
पानी बिनाका शौचलयमा
पानी पर्दा नि छानो चुहिएर
स्कुल छुट्टी हुने छानोहरुमा
बार- बार जाँच दिदा पनि
फेल हुने नतिजाहरुमा
हामी जति फेल भए नि
हजुरको आइ रहने तलबमा
मेरो मुहान ठ्याक्कै झल्कने
मेरा बा-आमाका मुहारहरुमा
मलाई त्यहिँ पाउनुहुन्छ आज

अफसोस म केही बन्न सकिन
तर केही बन्ला कि भन्ने आशामा
छोरो पठाएकोछु हजुरको स्कुलमा
आजकल हजुर त हुनुहुन्छ रे
बानेश्वर संग्राममा
आइदिनुस न एकैछिन स्कुलमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *