Skip to content

डा. नवराज सुब्बाको खण्डकाव्य ‘आकाश र आत्माबीचको संवाद’ अब अनलाइन इबुकको रूपमा उपलब्ध

  • by
आकाश र आत्माबीचको संवाद
आकाश र आत्माबीचको संवाद

विराटनगर, [वैशाक ७, २०८२] — नेपाली साहित्यमा परिचित लेखक, कवि तथा अनसन्धानकर्ता डा. नवराज सुब्बाको नयाँ खण्डकाव्य “आकाश र आत्माबीचको संवाद” अब इबुकको रूपमा “हाम्रो आइडिया” द्वारा डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।

सामाजिक चेतना, आध्यात्मिक अन्तरविमर्श र प्रकृति–मानव सम्बन्धका गहिरा विम्बहरू बोकेको यो खण्डकाव्यले आत्मा र आकाशबीचको संवादमार्फत जीवनका गहिरा प्रश्नहरू उठाउने प्रयास गरेको छ। डा. सुब्बाले यस काव्यमा आत्माभित्रको मौन आवाज र बाह्य प्रकृतिको अनन्तताबीचको संवेदनशील सम्बन्धलाई कलात्मक ढंगले चित्रण गर्नुभएको छ।

हाम्रो आइडियाले नेपाली सिर्जनात्मक साहित्यलाई प्रविधिसँग जोड्ने अभियान अन्तर्गत यस खण्डकाव्यलाई निःशुल्क इबुकका रूपमा समेत सार्वजनिक गरेको हो। पाठकहरूले अनलाइनमा सो इबुक पढ्न वा डाउनलोड गर्न सक्नेछन्।

यो डा. सुब्बाको पहिलो खण्डकाव्य हो। उहाँले यसअघि कवितासङ्ग्रह, गीतसङ्ग्रह गरी आधा दर्जन बढी काव्य कृति प्रकाशित गरी काव्य कृतिहरू मार्फत नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएको छ।

प्रकाशन समारोहमा बोल्दै लेखक सुब्बाले भन्नुभयो, “यो काव्य आत्मा र ब्रह्माण्डबीचको संवाद हो—जहाँ प्रश्नहरू मौन छन्, उत्तरहरू अनुभूतिमा आउँछन्।” “आकाश र आत्माबीचको संवाद” ले नेपाली साहित्यमा मौलिकता, दार्शनिक गहिराइ र सृजनात्मक नवीनताको दृष्टिले नयाँ चिनो स्थापित गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *