Skip to content

अपेक्षा

रातको समय एक जना पसले आफ्नो पसल बन्द गर्नै लागेका थिए, त्यत्तिकैमा एउटा 🐕 कुकुर पसलभित्र आयो। उसको मुखमा एउटा झोला थियो, जसमा सामानको सूचीहरु र पैसा राखिएको थियो।

पसलेले सामानको पैसा लिएर सो सूचीअनुसार सामान झोलाभित्र राखिदिए।

🐕 कुकुरले झोला मुखमा चेप्यो र त्यहाँबाट हिँड्यो।
पसले छक्क परे र यति समझदार 🐕 कुकुरको मालिक को होला भनेर उत्सुकताले हतार हतार पसल बन्द गरेर कुकुरको पछि पछि लागे।

कुकुर बस स्टपमा गएर उभियो। केही बेरपछि एउटा बस आयो र कुकुर बसमा चढ्यो।कन्डक्टर नजिक पुगेपछि कुकुरले आफ्नो घाँटी अगाडि बढायो। उसको घाँटीको बेल्टमा पैसा र ठेगाना राखिएको थियो।

कन्डक्टरले पैसा लिएर टिकट कुकुरको घाँटीको बेल्टमै राखिदियो। आफ्नो स्टप आएपछि 🐕 कुकुर अगाडिको ढोकातिर गयो, पुच्छर हल्लाएर कन्डक्टरलाई इशारा गर्‍यो र बस रोकिए लगत्तै ओर्लेर हिँड्यो।

पसले पनि अझै कुकुरको पछि पछि गइरहेका थिए।एकाध गल्ली कटिसके पछी कुकुरले एउटा घरको ढोका आफ्ना खुट्टाले २/३ पटक खटखटायो। भित्रबाट उसका मालिक गन गनाउदै निस्किए र कुकुरलाइ लाठीले पिट्न थाले।

पसले अचम्ममा परे अनि मालिकलाई कुट्नुको कारण सोधे ??
मालिकले भने,
“सालाले मलाइ आधा रातमा उठाएर मेरो निद्रा बिगारिदियो चाबी साथमा लगेर जान सक्दैन थियो र यो गधाले !”

यही नै जीवनको साँचो सत्य हो।
मानिसहरूको अपेक्षाको कुनै अन्त्य हुँदैन। जहाँ तपाईं अलिकति पनि चुक्नुभयो, त्यहीँ मानिसहरूले खराबी खोज्न थाल्दछ्न र अघिल्ला गरेका सबै राम्रा कामहरू तुरुन्तै बिर्सिदिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *