Skip to content

पापी हुदारहेछन निर्दोष मुटु पोल्ने मान्छे
लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे

तिमीमेरो सपनाको राजकुमार एउटालाई
सुम्पिएर अर्कोसंग मन मुटु खोल्ने मान्छे
लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे

खाइखाइ पेटभरी बाचा कसम झुटा झुटा
जानी जानी पाप धर्म सरोबरी मोल्ने मान्छे
लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे

हजार माया फेरीफेरी सयौ संग चुप्पा चुप्पी
गरिबको निश्चल माया तराजुमा तोलने मान्छे
लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे

पापी हुदारहेछन निर्दोष मुटु पोल्ने मान्छे
लुकाएर सत्येता झुटो कथा बोल्ने मान्छे

मनोज काफ्ले ‘मनसुन
कुवैत
manojmansun@yahoo.com

बिजया दशमीको पावन दिन मा हजुरलाई पनि सुभकामना छ

6 thoughts on “पापी हुदारहेछन”

  1. नमस्कार! मनोज जी,
    हजुरको

    नमस्कार! मनोज जी,
    हजुरको गज़लले हिजो आज झन हेर्यो झन फड्को मर्दै६ किन?
    म त हैरान भै सके जलन भै सको भन्या…
    होलानी त झुठ बोल्नु परेको कारण सबै-सबै नै कुरा झुठ नहुन सक६ मानिसलाई
    कहिलेकाही बद्ध्ये हुनु पर६ अरे पापी नभए पनि पापी जस्तै हुनु पर६ अरे,
    देखिंदा इक र भएको अर्कै हुन पनि सक्छ साएद, जिन्दगी सागर जस्तै हो के बग्छ के बग्दैन,
    ल त अन्तमा दसैको बेला खुसीले बिताउनु होला| दसैंको सुभकामना,,,
    मिना बान्तवा,

    1. मिना जी गजल लेख्नुको कारण
      मिना जी गजल लेख्नुको कारण मेरो आफ्नै जीवन संग सम्बन्धित छ मलाई लाग्छ जाना जानी आफ्नु हितैशिलाई झुट बोल्नु पाप कमाउनु नौ हो झुट बोलेर वा साथीले केहि पाउछ भने सत्ये खोल्दा कसैको जीवन भत्किन्छ भने सत्ये खोल्दा कसैको जीवन मरेतुल्य हुन्छ भने त्यो बेला मा झुट बोल्नु पर्छ तर जसले त्यति धेरै बिस्वास गरेको हुन्छ कसैलाई भने त्येहा झुट को केही भुमिका हुन्छ त?

      मैले पनि कसै बाट झुट सहनु परेको छ र मलाई लाग्छ त्यो झुट मा कसैको जीवन मर्ने थिएन
      गजल मन पराउनुभयो धन्याबाद छ हजुरलाई आशा गर्छु हमेशा मलाई साथ दुनिहुने छ भनि

      र यो बिजया दशमीको पावन दिन मा हजुरलाई पनि सुभकामना छ

    1. अनुभव जी धेरै पछी भेट हुदा
      अनुभव जी धेरै पछी भेट हुदा खुसि लग्यो
      अनि गजल मन पराएर दुइ सब्द लेखि दिनु भो मलाइ हजार भयो
      आउदा दिनमा पनि साथ पाउछु भन्न मा बिस्वस्त छु

      बिजया दशमीको पावन दिन मा हजुरलाई पनि सुभकामना छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *