Skip to content

मृत्यु-सृष्टिको अनिवार्य सर्त
मृत्यु-जीवनले तय गरेको अनिवार्य यात्रा
मृत्यु-जीवनको उत्कर्ष
र, जीवन-मृत्युको घोषणापत्र
युगौँदेखि मृत्युसँग पराजित
मृत्युपत्रमा हस्ताक्षर गरेर जन्मेको मान्छे
भ्रम पालेर मनभित्र, लडिरहेछ एउटा पराजित युद्ध
मृत्युसँग जीवनपर्यन्त ।

खै ! कहाँ छ जीवन ?
जीवन सधँै संवेदनाहीन हुँदैछ
र, गुमाउँदैछ मान्छे हुनुको पहिचान
मान्छे जन्मँदैन आफ्नो इच्छाले/रहरले
र, जन्मनासाथ चिच्याउँछ
सायद जीवनप्रतिको विरोध हो यो ।

खै ! कहाँ छ जीवनको स्वाभिमान ?
जीवन नितान्त निहत्था र निरीह हुँदैछ
र, क्रमशः खिइँदैछ हरेक बढ्ने क्रमहरूमा … ।
समयको कुरुक्ष्ाेत्रमा
हरेकपल्ट मनुष्यत्व पराजित भएको छ
परििस्थतिको द्वन्द्वमा
प्रत्येकचोटि मानवीय नियति स्खलित भएको छ
र, निरन्तर भइरहेछ
मूल्यको ह्रास विचारको विघटन
विवेकको हत्या, चेतनाको आत्महत्या
लाग्छ, हामी फगत मलामी गइरहेका छौँ ।

खै ! कहाँ छ जीवनको उन्मुक्ति ?
जीवन आफ्नै आँगनभित्र शरणार्थी हुँदैछ
र, क्रमशः मर्दैछ हरेक बाँच्ने क्रमहरूमा
मृत्यु- सायद सन्त्रास हो जीवनको
र, प्रयोगहीन हुँदैछ शब्दहरूमा/भनाइहरूमा
मृत्यु- हराउन खोज्दैछ शब्दकोशबाट
त्यसैले अचेल मृत्युवरण गर्दैनन् मान्छेहरू
सहादत प्राप्त गर्छन्, वीरगति हासिल गर्छन् ।

ईश्वरको भयले ग्रस्त छ मान्छे
अतृप्त मनका अविवेकी निर्णयबाट परचिालित छन् युद्धहरू
र, स्वयं मान्छेकै भयले त्रस्त छ मान्छे
अब त खै ! के आशा गर्नु भविष्यको !
मृत्युका व्यापारीहरू वरपिर िघुमिरहेका छन् ।
के भरोसा गर्नु अरूहरूको
सुरक्षा दिनेहरू स्वयं सुरक्षा खोजिरहेका छन्
लाग्छ, हामीहरू केवल बाँचेको अभिनय गररिहेका छौँ ।

नेपाल साप्ताहिक ३६३

Leave a Reply

Your email address will not be published. Required fields are marked *