Skip to content

एकान्तमा एक्लै रुने

एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

कर्म घर भो सेरोफेरो परदेशीका बाटाहरु
सफलताको आशैमात्र धेरै मलाइ हानि परयो

सैशबमै जीवन ढल्यो नसा पिए सरी लड्यो
येस्तै हुने थाहा थियो रुनु जानाजानी परयो

फेरी फर्की हेरेउ तिमीले ढकमक्क जोबन मेरो
नहेर भो छाती चिरी दुख्ख को यो खानि परयो

एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

मनोज काफ्ले ‘मनसुन
manojmansun@yahoo.com

10 thoughts on “एकान्तमा एक्लै रुने”

  1. एकान्तमा एक्लै रुने एक्लै
    एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
    झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

    yo haraf chai malai sachchai man paryo hai manoj ji
    ani ali byakaranlai dhyan dinu bhaya pathaklai padhna saral hunthyo ki ?
    j vaya pani srijana chai khattikai garnu bhayako chh hai
    pragati gardai janus mero shuvakamana chh tapailai

    1. शशांक जी
      सुभकामना दिनु भएको

      शशांक जी
      सुभकामना दिनु भएको मा धन्याबाद छ मेरा कमीकमजोरीलाई आउदा दिनहरुमा अबस्येपनी सरल बनाउने प्रयेत्न गर्नेछु खाली साथ हिड्न पाउ हजुरसंग…. जीवनको गोरेटो मा

  2. मनोज जि निकै उत्कृष्ट लाग्यो
    मनोज जि निकै उत्कृष्ट लाग्यो तपाईंको यो गजल…

    एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
    झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

    प्रगतिको शुभकामना

    1. अनुभव जी धेरै दिनमा भेट भयो
      अनुभव जी धेरै दिनमा भेट भयो गजल उत्कृष्ट ठानेर उपाहारपनी दिनु भयो खुसि लाग्यो
      त्येस्को लागि मुरी मुरी धन्याबाद छ हजुरलाई ..

  3. एकल यात्री

    sarai ramro chha tapaiko
    sarai ramro chha tapaiko sabai rachana haru utkrista chhan
    pragati gardai jaanus. subhakamana!!

    1. एकल यात्री जी
      लेखको प्रयास

      एकल यात्री जी
      लेखको प्रयास गर्नेछु खाली हजुरको साथ पाए लाग्नेछ म सफ़ल भएँ आफ्नो यात्रामा मलाइपनि साथ लिएर हिड्नुस न ………… सुभकामना को लागि धन्याबाद छ हजुरबाट प्रोत्शाहान पाइरहु

  4. एकान्तमा एक्लै रुने एक्लै
    एकान्तमा एक्लै रुने एक्लै हास्ने बानी परयो
    झुल्के घामलग्यो पलमा घनाघोर पानी परयो

    dherai raamro chha manoj jee aru pani yasta yastai sirjanaharu gardai januholaa
    tapailai sshitya yaatraako shubhakaamana

    BJ

    1. बि जे सर
      मेरो सानो प्यासलाई

      बि जे सर

      मेरो सानो प्यासलाई राम्रो भनेर ठानेर हजुरबाट सुभकामना पाएँ आज को दिन खुसि भएर बितने छ मेरो …
      धन्याबाद छ

  5. ल त मनोज जी,यहाँलाई नी
    ल त मनोज जी,यहाँलाई नी ढीलाई
    भएपनी एउटा भोट् थपी दिएँ
    सबैका बिचार र भावना फरक हुन्छन
    सबैका आ-आफ्नो तरिका र ढङ्गका
    रचना उतिकै महत्व बोकेका छन् जस्तो
    लाग्छ मलाई यो हाम्रो साँझा आंगन मझरीमा
    प्रयास नै सबै भन्दा महत्वपूर्ण कुरा हो
    सधैं पढ्न पाइयोस् यिही मेरो कामना छ!
    धन्यवाद
    गीता

  6. गीता जी हो सबैका बिचार र
    गीता जी हो सबैका बिचार र भावना फरक हुन्छन…………

    हजुरलाई लाख लाख धन्याबाद छ सम्झेर भोट मेरो नाम थापिदिनु भो हा हा हा…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *