Skip to content

तिम्रो कल्पनामा


तिम्रो कल्पनामा एक एक प्याला पिउदै रोएँ
नशामै मरें नशा नशामा जीवन जिउदै रोएँ

तिमीले चिरेको मुटु फेरी दुख्यो अनि रोएँ
सहन नसकी नशा पिएँ चोटहरु सिउदै रोएँ

बिछोडको बेदनामा प्रियेसीको यादमा रोएँ
बन्यो पोखरी आँसुको त्येसैमा खिउदै रोएँ

आज एकान्त मा तिम्रो तस्बीर हेरेर रोएँ
के दिन रात झरी वर्षा अनि हिउदै रोएँ

तिम्रो कल्पनामा एक एक प्याला पिउदै रोएँ
नशामै मरें नशा नशामा जीवन जिउदै रोएँ

मनोज काफ्ले

6 thoughts on “तिम्रो कल्पनामा”

  1. Feri pani rochak Gajal padna
    Feri pani rochak Gajal padna dinu bhayeko ma dhanyaabaad chhaa manoj ji.
    bises gari hajurka Gajal dardale bhariyeka hunchha bedanako poko pgajal bata kholejasto lagyo

    Sita thapaliya

  2. आज एकान्त मा तिम्रो तस्बीर
    आज एकान्त मा तिम्रो तस्बीर हेरेर रोएँ
    के दिन रात झरी वर्षा अनि हिउदै रोएँ

    manoj ji dherai runu hudaina hai….!!!

    gajal ramro chha

    1. Thanks anubhav ji… gajal
      Thanks anubhav ji… gajal ramro lagyo ra…….

      ra rudarudai thamaaidiyekoma pani dhanyaabaad aba naro bhanchhu royeko manlaai la…

  3. पक्कै पनि सीता जी का विचार
    पक्कै पनि सीता जी का विचार तपाईंको गज़लका यथार्थ हुन्
    अनि यो पनि मलाई लाग्यो तपाइंले गज़लमा भाव हरु कुशल रुपले संयोजन गर्ने गर्नु भएको छ
    अझ मैले मेरै शब्दमा भन्नु पर्दा तपाईंका गज़ललाई दर्द-ए-गज़ल भन्न मन पराउछु !

    आशांक उपाध्याय
    नेपाल

  4. आशंका जी मलाई एकान्त बाट
    आशंका जी मलाई एकान्त बाट जमघटमा हसाउनु भो.त्येसकोलागी हजार पटक धन्याबाद……
    अनि दर्द ए गजल….. हा हा हा……. हजुर …! बेदनाको पोका पोकी खोतल्दै पोख्दै गर्दा मनकोपिर हलुंगो भएजस्तो लाग्छ… आउदा दिनहरुमा पनि हजुरबाट प्रोतशाहान पाइरुहू……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *