शहिदले देखाएको बाटो हिँडी पुरा गर्नु छ।
छाडेर गएका काम सबै अधुरा गर्नु छ।।
पुस्तौं देखी उडाएको छैन सुर्य र चन्द्रमा
उज्यालो पार्न रात बस्ती मधुरा गर्नु छ।
बलात्कार गरे पापी छोरा देश आमा हो
आफ्नै दिल संग गहिरो कुरा गर्नु छ।
चोर्न आउँछन सत्रु संधै छिमेकी बनेर
बिर सन्तान ढोकामै बसी पहरा गर्नु छ।
रुन्छन बुद्ध, सगरमाथा घर भट्किरहँदा
आँशु पुछी सबैले अब सहारा गर्नु छ।
इन्द्र पुन

ईन्द्र पुन जीको देश र राष्ट्र
ईन्द्र पुन जीको देश र राष्ट्र प्रतिको जिम्मेवारबोधका रचना अत्यन्तै राम्रो लाग्यो । अनन्त सम्म कलम चलिरहोस कामना गर्दछु ।