Skip to content


इमान जमान गुमाएर दाम रोज्ने मान्छे
सातपुस्ता जोड्ने ठाउँमा काम खोज्ने मान्छे

आदर्शको कुरा गरी अर्ति दिन सजिलो छ
पराईका खोट देखाई भित्ता पोत्ने मान्छे

यति विधि के भएको देश बिग्री सक्यो
हाकाहाकी टेबलमािथ खाम छोप्ने मान्छे

भ्रष्टाचार र बेइमानीले देश खाएको छ
सुशासनको प्रवक्तामा नम तोक्ने मान्छे

कठैबरा भन्ने बाहेक काँध थाप्न सकिँदैन
जानीजानी कुशासनको बाटो ढोक्ने मान्छे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *