भन्नुपर्ने धेरै थिए लुकाएर जादैछु
वियोगले खहरे झै सुसाएर जादैछु,
दया लाग्छ भने प्रिय जतन गरिदिनु,
मुटु मैले तिमी छेउ खसाएर जादैछु
मर्छु कि म बेदनाले बाँच्छु घाईते भई,
छायासँग आफ्नो ज्यान छुटाएर जादैछु
भक्कानिदै भित्र-भित्र ओठ्ले हाँसे जस्तो गर्दै,
परेलीमा महासागर रसाएर जादैछु ।

राम्रो लाग्यो तपाईंको
राम्रो लाग्यो तपाईंको गजल….
भन्नुपर्ने धेरै थिए लुकाएर जादैछु
वियोगले खहरे झै सुसाएर जादैछु,
कसलाई के थाहा मुटु
कसलाई के थाहा मुटु दुखेको
आसु संगै जिबन तुत्यको
जिन्दगीको सपना अब बाकी कै ६इन् सानु
तिम्रै कारण रै६ मुटु फुतयको
ramro lagyo tapaiko gajal