हेर्ने सबै सिनेमा टिकट काटी
रंगीन पर्दामा हेर्छन, तर,, तर म
म यहाँ बाहिर खुला आकाशमुनी
नेपाल आमाको काख माथी
खुल्ला सिनेमा हेरी रहेको छु।
म यहाँ न पर्दाभित्रको झैं बियोगान्त
पछिको संयोगान्त मिठो कहानी छ,
न प्रेम कहानी मिलनका मिठा क्षण?
मैले हेरी रहेको सिनेमा त
केवल बियोगान्त नै बियोगान्त,
त्यसको यात्रा अनन्त छ।
त्यो सिनेमामा लाखौं नारीहरुको
सिंऊँदो पुछिएको छ र पुछिंदै आएको छ,
नौ जवानहरुको रगत मुछिएको छ,
तोतेबोलीका बालकहरु टुहुरिएका छन।
सम्पत्ती र बाँच्ने आधारहरु
जलाएर खरानी बनाई रित्याइएका छन।
न त यहाँ दया छ, न त माया नै,
यस्तो लाग्छ म हिटलरको सिनेमा हेरी रहेछु।
कहिं कतै शत्रुको कब्जा भित्र बन्दी
एउटा सिँपाही झै लाग्छ।
यहाँ बिकाशको कार्य हुन नपाउदै
सिधै पतन भएर जान्छ।
यहाँ बिकाश हुन बाट रोकिन्छ,
बिकाशका रकम भाग बन्डो गर्दा गर्दै सकिन्छ।
यहाँ सबै साम्राज्यबादी सम्राटको चम्ची
र बिस्तार बादीको पुच्छर बन्ने हरु छन।
यहाँ देशको समस्या उठाउन खोज्नेलाई
दासढुङ्गाको यात्रा गराई त्रीसुलीमा खसाईन्छ।
कमरेड चे ग्वेभारा झैं
एघार वटा लाश मुनी बिछ्याइन्छ।
कहिले संयोगान्तमा नफेरिने
एउटा यस्तो चलचित्र म हेरीरहेछु,
न त्यसको मध्यान्तर छ,
न समाप्ती नै।

अती राम्रो कबिताको लागी बधाई
अती राम्रो कबिताको लागी बधाई छ
इन्द्र…
kawita ati raamro ra samay
kawita ati raamro ra samay saandarbhik laagyo…
kabita dherai nai bastabikta
kabita dherai nai bastabikta lai ogatera baneko6 yasari nai kalam chali rahos
badhai
Saru ‘sirjan’
हेर्ने सबै सिनेमा टिकट
हेर्ने सबै सिनेमा टिकट काटी
रंगीन पर्दामा हेर्छन, तर,, तर म
म यहाँ बाहिर खुला आकाशमुनी
नेपाल आमाको काख माथी
खुल्ला सिनेमा हेरी रहेको छु।
bhaav mohak lagyo…….. Subhakaamana chha B.J sir
ram ram rammmmmmmmmm kabi ji
ram ram rammmmmmmmmm kabi ji babal.com lekhnu vae6 ni hehehe..la la yasari nai bhandafor gardai janu hami jasto sichhit bargako kartbya ho…mo pani hajurjasto kalamyogi asal desh baktako sathma huni 6u…hajurko pragatika pailaharu aghi baddai jaun mero kamana 6..
rajesh rumba lama
doha qatar
यहाँ देशको समस्या उठाउन
यहाँ देशको समस्या उठाउन खोज्नेलाई
दासढुङ्गाको यात्रा गराई त्रीसुलीमा खसाईन्छ।
कमरेड चे ग्वेभारा झैं
एघार वटा लाश मुनी बिछ्याइन्छ।
wah kasto gahakilo bishaya lai uthai dinu vayo vane
badai chh kawi jee tapailai
nepal sachhai nai cinema ani kahilyai na ferine drishyama simit chh
samaya ra paripreksha anusarko kawitako lagi dhanyawad ………….
Radeem Sharma
बि. जे. जीको मेरो गरिब शब्द
बि. जे. जीको मेरो गरिब शब्द कोषले ब्यक्त गर्न नसकेको कबिता मध्य यो पनि हो ।
Bj Dada Darshan, aaja feri
Bj Dada Darshan, aaja feri majheri maa chhireko night duty le tauko khako bela yaso sahitya padhera thakai marau bhanda tapaiko po rachana feri bhetaai hale khusi lagyo ani kata satyatako pardaa ma rumallie jasto lagyo.
tapaiko sadhai kalami yaatra subha rahos
Uhi tapaikai Vai -Mandirmilan
यहाँ देशको समस्या उठाउन
यहाँ देशको समस्या उठाउन खोज्नेलाई
दासढुङ्गाको यात्रा गराई त्रीसुलीमा खसाईन्छ।
कमरेड चे ग्वेभारा झैं
एघार वटा लाश मुनी बिछ्याइन्छ।
वाह वाह वान्तवा जी
माथि को हरफ नै काफिछ नेपाल को सन्दर्भ मा यहाँ को रचना हरु संदेश मुलक र ज्ञान बर्द्धक हुन्छन नियमित रसपान गराउनु होला धन्यवाद
बिमल गौतम
साउदी अरेबिया
मेरा सम्पूर्ण सह यात्री
मेरा सम्पूर्ण सह यात्री साथीमा हृदय देखी धन्यवाद र सम्पूर्ण साथीहरुको पनि साहित्यिक यात्रा सफल रहोस यही कामना सहित साहित्यिक शुभकामना