२०६२ सालको पौष २५ गतेको दिन थियो । कार्यालय काम विशेषले सुनसरीको इटहरी स्थित सैनिक क्याम्पमा पुगेको थिए । काठमाडौंकै जस्तै हातखुट्टानै कमाउनेखालको जाडो नभएपनि हुस्सु चाँहि लागिसकेको थियो । इटहरीसम्म पुगिसकेपछि धरान जस्तो धार्मिक तथा पर्यटकीय महत्वको नगरीसम्म नपुगी र्फकनु यात्रा अधुरै हुने जस्तो लाग्यो । त्यसैले व्यस्तताडको वावजुद पनि धरान पुग्ने निधो गरें । इटहरीबाट धरानस्थित फुस्रे क्याम्पसम्म जाने गाडी भेट्छु । बिहान नौ बजिसकेको हुन्छ । धरानदेखि फुस्रेसम्मको १६ कि.मि.दुरी तय गर्न करिव २० मिनेट जति लाग्यो । काठमाडौंमा भए रत्नपार्कदेखि भक्तपुर, सूर्यविनायकसम्मको १४ कि.मि.को बाटो तय गर्न करिब एक घण्टा लगाउँथ्यो स्थानीय सवारीका साधनले । पहिलो त सवारी साधनको चाप, त्यसमा पनि साँगुरो बन्दै गएको बाटो, त्यो अवस्था थिएन इटहरी-धरान मार्गमा । सडकको दायाँ-बायाँ खुला नै थिए । तराइको सडक दायाँ-बायाँ फाट्टफुट्ट घरहरू थिए । पहिलो बस्तीको रूपमा तरहरा नै भेटियो । केही बाक्लो बस्ती भएपनि सडकलाई नै पेलेर घरहरू बनेको भने थिएन । त्यहाँबाट बिस्तारै अगाडि बढेको गाडी स्याउती खोलामाथि बनेको साँगुरो पुल पार गरिन्छ । खोलाको पारिपट्टी “धरान नगरपालिका तपाईहरूलाई हार्दिक स्वागत गर्दछ” भन्ने बोर्ड टाँगिएको थियो । यसबाट थाहा लाग्छ कि हामी धराननगरपालिकाको क्षेत्रभित्र प्रवेश गर्दैरहेछौं । दायाँबायाँ साल र सिसौंका रुखहरूले भरिएको बाक्लो जंगल थियो । सडकको दायाँबायाँका केही रुखहरू काटेर खुल्ला पारिएको थियो । यो चारकोशे झाडीको क्षेत्रभित्र पर्ने जंगल रहेछ । सडकको नजिक रहेको जंगलमा क्रिश्चियन धर्मालम्बीहरूले समाधी स्थलको रूपमा प्रयोग गर्ने गरेको देखियो । बिस्तारै नजानिदो उकालो शुरु हुँदै गाडी धरानबजार हुँदै भानुचोक, लक्ष्मीचोक हुँदै जिरो प्वाइन्ट पुग्दछ । त्यहाँ दुई बाटाहरू भेटिए । एउटा धनकुटा, भेडेटार्रतर्फ लाग्ने बाटो रहेछ । त्यो बाटो नलागेर गाडी फुस्रेबजार तर्फ लाग्दछ । फुस्रेबजारभन्दा माथि रहेको सैनिक क्याम्पमा गएर गाडी रोकियो ।
त्यस क्षेत्रमा कार्यरत सैनिक जवान तथा उनीहरूको आश्रति परिवारहरूको स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले संचालित अस्पताल एवं सैनिक जवानहरूको बालबच्चाहरूलाई पठनपाठनको लागि एउटा सैनिक विद्यालय र्रर् इन्जिनियर बटालियन रहेछ । सवारी साधनका चलकदलसँगै फुस्रेस्थितर् इन्जिनियर बटालियनको मेशमा खाना खाइयो । उच्चस्थानमा अवस्थित त्यस क्याम्पबाट धरानको पुरानोबजार फुस्रेबजार तथा तलदेखिने धरानबजारको दृश्य अति नै रमणीय देखिन्थ्यो । चालकदलका सदस्यहरू तल्काल फर्किहाल्ने स्थितिमा थिएनन् । म पनि धरानबजार घुम्न भनेर निस्केको थिएँ । त्यसैले पनि त्यही क्याम्पभित्र बसिरहनु उचित पनि थिएन । तापनि बाहिर घुम्न निस्कन सहयोगी पथ पर््रदर्शकको खाँचो थियो त्यहाँ । के खोज्छस् कानो आँखा भनेजस्तो, इटहरीमा कार्यरत काठमाडौं रहँदा परिचित एक भाइ चन्द्रबहादुरलाई भेटें । उसको साथमा अर्को एकसाथी पनि रहेछन् । उनीहरू काम विशेषले त्यहाँ पुगेको जानकारी गराए । ती भाइहरूलाई भेट्दा सारै खुसी लाग्यो । उनीहरू फुर्सदमा पनि रहेछन् । त्यसैले पनि मलाई धरान घुमाई दिने प्रतिबद्धता जनाए । म अपरिचित थिएँ, धरानबजार र त्यहाँको वस्तुस्थितिका सम्बन्धमा । उनीहरूको सहयोगको कृतज्ञता गर्दै आफ्नो यात्रालाई अगाडि बढाएँ । फुस्रेबजार, दायाँबायाँ पुरानाबस्तीका साना घरहरू, केही आधुनिक शैलीमा निर्माण हुँदैरहेका घरहरूलाई पार गर्दै अगाडि बढ्यौ । धरानको प्रख्यात ठाउँ घुम्ने क्रमलाई अगाडि बढाउन त्यहाँको प्रसिद्ध तीर्थस्थल बुढासुब्बाको मन्दिर जान प्रस्ताव राखें ती भाइहरू समक्ष । उनीहरूबाट सकारात्मक प्रतिक्रिया पाएँ । फुस्रेबजारको अन्तिम बिन्दु अर्थात सैनिक क्याम्प प्रवेश गर्ने मार्ग नजिक ३/४ वटा पुराना ट्याक्सीहरू देखिएका थिएँ । यसको मतलव फुस्रेबजारसम्मको लागि नियमितरूपमा संचालन हुने र्सार्वजनिक सवारीसाधनहरूको व्यवस्था रहेनछ । ट्याक्सीहरू रिजर्भमा चल्दोरहेछन् । घुम्ने उद्देश्यले आएको व्यक्ति के सवारी साधन चढ्नु भन्ने जस्तो लाग्यो र मन्दिरको फेदी क्षेत्रसम्म हिडेर जानु नै सान्दर्भिक हुने आसय व्यक्त गरे । उनीहरू पनि सहमती भए । बिस्तारै दायाँबायाँ बस्ती हेर्दै अगाडि बढियो । अलिअलि भिरालो सडक, पिचपनि पुरानो भई फुट्न थालेका, दायाँबायाँ पुरानो बस्तीका घरहरू । स-साना पसलहरू पनि भेटिन्थे । केही तल पुगेपछि ओर्लने क्रममा दायार्ँतर्फ भारतीय भूतपूर्व सैनिकहरूको पेन्सनक्याम्प अवस्थित थियो । त्यो क्षेत्रमा भने खानाखाने होटल, लज तथा विभिन्न सुविधा सम्पन्न पसलहरू समेत भेटिए । नजिकै नेपाल प्रहरी स्कूल र प्रहरी कार्यालय समेत त्यसै दिशामा अवस्थित थियो । आफ्ना नजरलाई दृश्यपान गराउँदै अगाडि बढ्छौं । अलिकति तल पुगेपछि उही जीरोप्वाइन्टमा पुगियो । त्यहाँभन्दा केही तल लक्ष्मीचोक थियो । बुढासुब्बा तथा दन्तकालीमन्दिर्रतर्फ लाग्ने र धरानबजार प्रवेश गर्ने दोबाटोमा उत्तर्रतर्फ फर्केर रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक थियो । महाकविको शालिक कै नामबाट चोकको नाउँपनि लक्ष्मीचोक राखिएको रहेछ । मन्दिर जाने चोकपनि भएकाले यस समय महाकविको “कुन मन्दिर जान्छौ यात्री कुन देवतालाई पुज्ने हो …….” भन्ने कवितांश याद गरायो । यस समय मन्दिर दर्शन गर्न भन्दा पनि त्यहाँका प्रख्यात स्थानहरूमा धुम्न जाने नै आशय थियो । हामीलाई माथिसम्म पुग्नको लागि थोरै समय लाग्ने र धेरै स्थानमा समेत घुम्नु पर्ने भएकाले सवारी साधनको सहायता लिएर मन्दिर जाने विचार गरे । केही समय सवारी साधनको पर्खाईमा बसें ।
सालिकमा “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” भन्ने मुनामदनको श्लोक उद्धृत गरिएको थियो । त्यसको अलवा देवकोटाको जन्ममिति र मृत्यू सम्बन्धी विवरण समेत चित्रण गरिएको थियो । मुनामदनलाई एकपटक सम्झे, त्यो श्लोकले सम्भिmन बाध्य बनायो महाकविका मुनामदल, सुलोचना, शकुन्तला, महाराणा प्रताव जस्ता अमर कृति, पुतली, भिखारी, सुनको विहानी, मृत्युशैया जस्ता कविताकृति तथा लक्ष्मी निवन्ध संग्रह जस्ता कृतिहरूको स्मरण गरायो । त्यतिबेलासम्ममा एउटा भाडाको सवारी साधन देखा पर्छ हाम्रो सामुन्ने । त्यसलाई रोकेर हामीलाई बुढासुब्बा मन्दिरसम्म पुर्याई दिन भन्यौं । उसको काम नै यात्रु बोक्नु थियो । त्यसप्रति नकारात्मक जनाउने कुरै थिएन । हामी तीनजना त्यसमा बस्यौं । सवारी साधन पर्ूवदक्षिण हुँदै बिस्तारै उकालो चढ्न थाल्यो । यात्राको क्रममा बाटोमा त्रिभुवन विश्व विद्यालय अर्न्तर्गतको मेडिकल कलेज भेटियो । केही माथि पुगेर एउटा चोक आई पुग्यो । जसको बायार्ँतर्फ लागेमा बुढासुब्बाको मन्दिर र दायार्ँतर्फ लागेमा दन्तकाली मन्दिर पुगिनेरहेछ । हाम्रो यात्रा बुढासुब्बा मन्दिरकै थियो । त्यसैले पनि बुढासुब्बाकै मन्दिरतर्फ लागियो । धरानको चिनारीमा जहिले पनि अगाडि नाम आउने स्थानको रूपमा चर्चित बुढासुब्बाकै मन्दिर पुग्नु विशेष महत्व ठानेर त्यो स्थानलाई चयन गरियो । मन्दिरपरिसरमै पुग्दोरहेछ सवारी साधन तर बाटो पिच गर्दै रहेको हुनाले पुर्याउन सकेन । केही वरै राखेर हामी पैदलयात्राबाट अगाडि बढ्यौ । त्यही साधनबाट फर्किने भनी अड्न लगायौं र मन्दिर तर्फ लाग्यौ । मन्दिर पहाडी क्षेत्रमा पर्ने भएपनि मन्दिर्रर् इलाका भने समथरनै थियो । फाट्टफुट्ट बस्तीहरू थिए मन्दिर इलाकामा । मन्दिर प्रवेश मार्गमा पूजा सामग्री, धजा, विभिन्न डोरा, औंठी तथा अन्य सामग्रीहरू बिक्रीलाई राखिएका थुप्रै पसलहरू थिए । हामीलाई पूजा सामग्री लैजाने हैन भाइहरू भन्दै कराउँदै थिए । हामी पूजा गर्न आएका हैनौं । हामी त घुम्नफिरको लागि मात्रै आएका हौं भन्दै अगाडि बढ्यौं र मन्दिर परिसरमा प्रवेश गर्यौं ।
मेरो धरान प्रतिको उत्सुक्ताको विषय भनेकै बुढासुब्बाको मन्दिर अनि त्यहाँ हुने टुप्पो नभएका बाँसहरूको सत्यता जान्नु थियो । मन्दिर परिसरमा बाँसका चारबाट बाक्लाबाक्ला झाँग रहेछन् । त्यहाँको बास काट्न नहुने कथन भएबाट नै बाँसहरू झाङ्गिन भ्याएको हुनु पर्दछ । बाँसको टुप्पो नहुनुको मामलामा मेरो दृष्टिमा परेको दृश्यले अलिक सत्यता मानेन । त्यहाँका बासिन्दासँग बुझ्दा बाँसको टुप्पो त देखिन्छ नि भन्ने मेरो जिज्ञासामा कलिला बाँसको त हुन्छ नि छिप्पिएका बाँसको भने र्झदछ भन्ने उत्तर पाएँ । धेरै नै छिप्पिएपछि टुप्पोहरू सुकेर झर्ने गरेको देखियो त्यहाँको अवस्थालाई देख्दा । मन्दिरको कथन सम्बन्धमा बुढा सुब्बा नामका किराँतका राजा थिए । उनी शिकार खेल्दै गर्ने क्रममा उक्त स्थानमा आइ पुगेपछि आफ्नो धनुकाण हाल मन्दिर रहेको स्थान परिसरमा छाडी अलप भएछन् । उक्त धनुकाणबाट बाँस उम्रन पुगेको र धनुकाणबाट उम्रिएको कारण बाँसको टुप्पो नभएको भन्ने कथन रहेको छ । मन्दिरको सम्बन्धमा भने बुढासुब्बा अलप भएको स्थानमा उनको स्मृतिका लागि बनाइएको समाधीस्थललाई मन्दिरको रूप दिएको हुनु पर्छ भन्ने कुरा मन्दिर भित्र रहेका माटाका ढिस्कोले ज्ञात गराउँछ । बुढासुब्बालाई देवताको रूपमा स्वीकानु, हामीसबैले आफ्ना पूर्वजहरूलाई देवताका रूपमा लिने भनौ पितापुर्खाको श्राद्ध गर्नुकै रूपमा लिएँ । मन्दिरको पश्चिम फर्किएको रहेछ । मन्दिरभित्र पसेर हात जोडेर देशमा शान्ति स्थापना छिट्टै होस् भनेर कामना गरे, कार्य गर्न नसकेपनि । मन्दिरको पुजारीलाई म प्रवेश गरेको सित्तै प्रवेश गर्यो भन्ने नपरोस् भनी पाँचरूपैयाको नोट चढाएँ । मन्दिरको अवस्थितिबारे नजर लगाएँ । प्यागोडा शैलीमा निर्मित मन्दिर भित्र खासै मूर्ति रहेनछ । घण्टा र त्रिशूलहरू धेरै मात्रामा चढाइएका थिए । मन्दिरभित्र माटाका स-साना चार वटा ढिस्काहरू थिए । जसलाई रातोमाटोले लिपपोत गरेको थियो । बलिचढाइएका पशुपक्षीको रगतले समेत रंगिएको थियो । बाहिर निस्किए । बाहिरको अवस्थाबारे अवलोकन गरे । अन्यरुख विरुवाहरू पनि थिए मन्दिर परिसरमा । मन्दिरको पछाडि भागमा भिरालो जमिन थियो । त्यहाँभन्दा तलको स्याउती खोला बगेको सुक्खा बगर देखिन्थ्यो । हिउँदको दिन भएर होला खोलालाई सुख्खा र फुस्रो देखिनु, वर्षादका दिन भए उर्लिर्एको खोला, हरियालीले ढाकेको देखिन्थ्यो होला । मन्दिरको दक्षिणभागमा केही खाली जमिन थियो । त्यस मन्दिरसम्म आइपुगेर पिकनिक मनाउनेहरूको लागि उपयुक्त स्थल हुनुपर्छ । उच्चभागको रमणीय स्थलमा रहेको बुढासुब्बा मन्दिर सुन्दर शान्त थियो । मन्दिर परिसरको घुमाइ पछि अरु ठाउँ पनि घुम्नु पर्ने भएबाट हामी र्फकन्छौं । सवारी साधन कुरिरहेको थियो, हामी बसेपछि सवारी साधन बिस्तारै पश्चिम हुँदै केही तलपुगेपछि ओह्रालो नलागेर दक्षिणतर्फ अगाडि बढ्छ । हामी दन्तकालीमन्दिर्रतर्फ लाग्दै थियौं । बस्तीहुँदै अगाडि बढेको सवारी साधन एउटा ठूलो कम्पाउण्ड घेरेको इलाकामा पुगेर रोकिन्छ । उत्तर्रतर्फ एउटा गेट रहेछ, त्यहाँ भित्र प्रवेश गर्नासाथ एउटा प्यागोडा शैलीमा निमित्त भव्य मन्दिर देखापर्छ । जसको वरिपरि व्यवस्थित पाटीहरू समेत रहेछन् । मन्दिरलाई दायाँ पारेर एक फन्को मारेपछि मन्दिरमा एक साना पुजारी भाइ रहेछन् । मन्दिर भित्र प्रवेश गर्ने ढोकामा ताल्चा लगाइएको थियो । दर्शन गर्न आएको भने पछि खोलिदिए । दर्शन गरें, पुजारी भाइले फूलप्रसाद दिए अरु साथीहरूलाई पनि दिन भनेर फूलप्रसाद साथमा ल्याए । सतीदेवीले देहत्याग गरेपछि महादेवले सतीको शरीरलाई बोकेर हिँड्ने क्रममा दाँत पतन भएको स्थानकोरूपमा लिएको यो मन्दिर शक्तिपीठको रूपमा मान्दै आएको पुजारीले बताए । बाहिर निस्कने द्वार नजिक एकजना बृद्ध प्रसाद लिएर बसेका रहेछन् उनले टिका लगाई दिए । उनलाई दक्षिण दिँदै बाहिर निस्के । त्यहाँ बाहिर बस्ने व्यक्ति मन्दिरको पुजारी जस्तो लाग्ने व्यक्तिले तपाईहरू कहाँबाट आउनुभएको बाबु भन्दै सोधे । मैले काठमाडौंबाट आएको भन्ने कुरा बताए । अरु कुरा केही भएन, सवारी साधन चढेर, पिण्डेश्वर बाबाधाम जान भने पछि ड्राइभर भाइले केही दक्षिण हुँदै अगाडि बढेपछि एउटा अलिक ठाडो ओह्रालो हुँदै पिण्डेश्वर बाबाधाममा पुर्याइदिए । मन्दिरपरिसरमा भएको फुलप्रसाद बेच्ने दिदीहरू फूलप्रसाद लैजाने हैन भाइ हो भन्दै थिए । एकभाग फुलप्रसाद किनेर मन्दिर परिसरमा प्रवेश गर्छु । पिण्डेश्वर बाबा -महादेव) मन्दिर लगायत विभिन्न देवीदेवताको मन्दिरहरू रहेछन् । मन्दिरकोर् इलाका पनि ठूलै रहेछ । मन्दिरको पश्चिमतर्फ एउटा व्यवस्थित वरिपरि कम्पाउण्ड घेरेको बीचमा नाग बनाएर राखेको पोखरी समेत रहेछ । मन्दिर परिसरमा मर्मत संभारको कार्य हुँदै थियो । त्यहाँ निस्कने पानी बराहक्षेत्र स्थित सप्तकोशीबाट आएको भन्ने कथन रहेको छ । त्यहाँबाट त्यही सवारी साधनबाट घोपा क्याम्प घुम्न जाने भनेर फर्कियौं । ओह्रोलो हुँदै सवारी साधन पुनः धरानबजारको मुख्य सडकमार्ग हुँदै पश्चिमतर्फ लाग्छ । दायाँबायाँ बस्तीहरूलाई छिचोल्दै अगाडि बढेको गाडी घोपाक्याम्प स्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्याम्प भित्र पुगेर अडिन्छ । घोपा क्याम्प र त्यहाँ अवस्थित ब्रिटिश क्याम्पको अवलोकन गर्ने इच्छा भएर त्यहाँ पुगेको थियौं । घोपा क्याम्प एउटा सानो एरिया हैन रहेछ । एकतर्फ मेडिकल कलेज त्यसको सामुन्ने विशाल चौर र निकै परै रहेछ ब्रिटिश क्याम्प । त्यही मेडिकल कलेज इलाकामा एकछिन घुम्यौ र त्यही साधनमा धरान बसपार्कतर्फ फर्कियौं । बसपार्क नजिकैको सडकको मध्यभागमा आदिकवि भानुभक्त आचार्यको अर्घकद सालिक थियो । हातमा रामायणको पुस्तक च्यापेर रहेको आदिकविको सालिकलाई रातमा उज्यालो पार्न बत्ति जडिएको, वरिवरि फलामे बारले सुरक्षित पारेको थियो । तर सालिक परिसरमा टाँगेको तुल र पर्चाले आदिकविको सालिकलाई चौथाई भन्दापनि कम देखिने गरी अशोभायमान पारेकोमा दुःख लाग्यो । महाकविको फुस्रेक्याम्पतर्फ फर्किको अर्धकदको सालिक रहेको लक्ष्मीचोकबाट शुभारम्भ भएको यात्रा आदिकविको सालिकसम्म पुगेर समाप्त भयो । तर पनि बजार घुम्ने क्रम केही बाँकी नै थियो । भानुभक्तको सालिककै बगलमा भर्खरै विदेशमा बस्ने धरानवासीको आर्थिक सहयोगमा निर्मित घण्टाघर र भुकम्प स्मारक केहीदिन अघिमात्र निर्माण सम्पन्न भएको थियो । जसको धरान महोत्सवको अवसर पारेर समुद्घाटन भएको रहेछ । बजारको मध्यभागमा उभिएको घण्टाघर धरानको प्रतीकको रूपमा पाएँ । सफा सुन्दर शहर माथि विजयपुर डाँडाबाट हेर्दा ज्यादै रमणीय देखिन्थ्यो । पहाडको काखमा रहेको, हरिया रुखहरूको बीचमा सुन्दरघरहरू, फराकिला सडकका साथमा रहेको धरानबजार अतिनै सुन्दर देखिन्थ्यो । बजार घुम्दै गर्दा इटहरी पुग्ने सैनिक क्याम्पको गाडी आइपुग्यो । त्यही गाडी चढेर धरानबजार अनि त्यहाँका मठमन्दिर एवं रमणीय दृश्यहरू तथा साहित्यकारको प्रतिमाले उजिल्याएको साहित्यिक उत्प्रेरणालाई मानसपटलमा कैद गर्दै बिदाइको हात हल्लाउँदै इटहरीतर्फ फर्कियौं ।
पूर्वकी रानी धरान नगरीको
पूर्वकी रानी धरान नगरीको बर्णन गर्नु भएको मा आफ्नो नियात्राको प्रमुख बिषय बनाउनु भएकोमा धन्यवाद सकु जी, पूर्वमा अरु पनि धेरै छन जुन मानबिय आत्मालाई चुम्बक झै तान्ने यसो समय मिलाएर भ्रमण गर्न नभुल्नु होला । धन्यवाद तपाईंको मिठो नियात्रााको लागी ।