त्यो रात, चुक घोप्टिएको रात,
बिशाल अनि कालो रात,
भयानक अनि भयाबह,
कम्पित हुँदै पड्किएको त्यो रात,
त्यो सुनसान शहर भित्र एक्कासी
गरीबका झुपडीभित्र तिखा संगीनले
चिथ्रा चिथ्रा बनाएको त्यो रात,
नेपाली आमा र चेलीको चित्कारले
बिरक्तिएको त्यो रात,
कैयौ चेलीहरु बलात्कृत भए
कैयौ दुखीहरु संगीनका शिकार भए।
घरका भित्ताहरु गोलीले क्षतबिक्षत भए।
घरहरु जले,बन्दुक बोकी सिमानाबाट
भित्र छिरेका ति ब्वाँसाहरुले
लुटिरहेको त्यो भयबह रात,
रक्त पिपासुले खुन पिएको त्यो खुनी रात,
नेपालगञ्ज बासीले भुल्नै नहुने त्यो रात,
सिंगो नेपालको र नेपालीको
ईज्जतको धज्जी उडाईएको त्यो कालो रात,
एउटा ईतिहाँसको पानामा लुटिएको ईज्जतहरुले
ठुलाठुला अक्षरको माध्यमबाट लेखिएको
त्यो कालो अनि भयाबह रात,
बिर्सनै नहुने त्यो कालो रात।
मेटाउनै नमिल्ने त्यो खुनी रात।
त्यो भयबह रात।
बि.जे. बान्तवा “पराईमान्छे”
ठुलोदुम्मा-९, भोजपुर
कोशी / नेपाल

बीजी जी धन्यवाद, फेरी अर्को
बीजी जी धन्यवाद, फेरी अर्को अती राम्रो
यथार्थले ओतप्रोत मुटु छुने कविताको लागि!
यहाँको कलम निरन्तर अगी बडोश भन्ने कामना गर्दछु!
गीता थापा (दोषी)
ईजरायल
आंग सिरिंग भएर आयो हजुरको
आंग सिरिंग भएर आयो हजुरको कविता पढेर त्यो अलौकिक अनि भयबह त्यो रात…………!!!!!
बि जे सर हजुएको साहित्यिक मार्ग सफल होस् l
Bj sir, feri pani dherai nai
Bj sir, feri pani dherai nai yatharthamaa duber euta khoj paskanu bhayo tyasko lagi ma sanga sabda nai chaina hajurko lagi Thanx bhanne, ma sadaa sadaa Ishwar sanga prarthana garchhu yasasri nai hajurko yatra badhi rahos
Uhi Bhai
Madirmilan
Nepal ko barema nepal ko
Nepal ko barema nepal ko ijjata ra pratisthaako laagi kabita kore ra sadhai nepalkai git gaairahane bj g maa kraanteekaare abhibaadan, tapaiko yo lekhaharu yi rachanaharu nepalko lagi sadhai euta paatha banne 6an. aaune dinharumaa pani yasta damdar rachana padhna pau,
krantikari abhibadan
Pralad + Suman
(AG)
Bj sir yahako gady kabita le
Bj sir yahako gady kabita le sandesh bokeko pae smaran aaj bhanda 6, 7 barsa agadiko kuro ho thuprai patra patrikama pani aaeko thiyo ani thuprai nepali janta haru deligesan nepal gang gaeka thie thulai hanggaama chaleko thiyo teslai kabita banai utarnu bhaechh yahalai badhai chh.
गरीबका झुपडीभित्र तिखा संगीनले
चिथ्रा चिथ्रा बनाएको त्यो रात,
नेपाली आमा र चेलीको चित्कारले
बिरक्तिएको त्यो रात,
कैयौ चेलीहरु बलात्कृत भए
कैयौ दुखीहरु संगीनका शिकार भए।
घरका भित्ताहरु गोलीले क्षतबिक्षत भए।
घरहरु जले,बन्दुक बोकी सिमानाबाट
भित्र छिरेका ति ब्वाँसाहरुले
लुटिरहेको त्यो भयबह रात,
mina bantawa “mirdu”
Hello BJ g, Namaskar shabdako
Hello BJ g, Namaskar shabdako samundra paaudaa ani yathaarthako dharatal paauda dherai khusi bhaye hajur aagami dinharu pani shubha rahos sabda le bhari yos yahi kamana.
Prajwal Adhikari
Kathmandu
गीता जी, मनोज जी, मंदिरमिलन
गीता जी, मनोज जी, मंदिरमिलन भाइ, मिना बान्तवा बहिनी, प्रल्हाद सुमन, र प्रज्वल अधिकारी जी सम्पूर्ण मेरो सहयात्री साथीहरुमा हार्दिक कृतज्ञ प्रकट गर्दै, तपाईहरुको साहित्यिक यात्रा सदा सदा फुलिरहोस भन्दै खुलिरहोस भन्दै शुभकामना ब्यक्त गर्दछु . धन्यबाद . मेरो कविताको सुझाव सल्लाह एबम प्रसंसाको पुल बाधेर मलाइ अझै उत्प्रेरणा प्रदान गर्नु भएको छ त्यसको लागी फेरी एकपल्ट धन्यबाद |
nos My first post onaksv
river falls medical clinic riverside county mental health jobs . health insurance for individuals in ohio phentermine online get well soon my love wells fargo banking hours