डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
दाउरा घाँस पानी पधेरो संगै गरी हिड्दा
प्रियेसीसंग साटासाट गरेको रुमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
दिनभरि रानीबनमा लुकामारी खेल्दाखेल्दै
काहाली लाग्दो राम्चेलीभीर विशाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
विदेशको परिवेशमा रम्न सकेन मेरो मन
आफ्नै भेषभुषा आफ्नै दौरासुरुवाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
चिल्ला र महंगा बिदेशी कार जति चढेपनी
देवीस्थानको हु तु तु खेल्ने पर्खाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
मनसुन
मनोज जी
यो रचनाले मलाई पनि
मनोज जी
यो रचनाले मलाई पनि मेरो गाऊ याद आयो
संसार को छानो नेपाल नाउ याद आयो
देउराली र भन्ज्यांग संग्गई फेवा याद आयो
सुन्तला र जुनार संग्गई मेवा याद आयो
राम्रो छ मन पर्यो अबिर रहोस साहित्यिक यात्रा
बिमल गौतम
साउदी अरेबिया
बिमल जी सम्झनारुपी कोशेली र
बिमल जी सम्झनारुपी कोशेली र सुभकामना को लागी धन्याबाद अनी मेरो प्रयास लाइ राम्रो मानीदिनु भो प्रतिकृया को लागि फेरी धन्याबाद l
चिल्ला र महंगा बिदेशी कार जति
चिल्ला र महंगा बिदेशी कार जति चढेपनी
देवीस्थानको हु तु तु खेल्ने पर्खाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
hehehe manoj ji sarai man pareyo…sathai mero jiban sanga pani dherai mell khaaayo,,,tesko laagi so tnx la..
rajesh rumba lama.
doha qatar.
हजुरलाई पनी धन्याबाद राजेश
हजुरलाई पनी धन्याबाद राजेश जी.. गजल मिठो मानेर सुभकामाना पस्केको मा l