Skip to content


मान्छेको मन सबै भन्दा धेरै संगीत र साहित्यमा अडेको छ नारायण गोपाल का गीत होस या लाक्पा शेपाको झस्केर दुख्छ यो मुटु मेरो.. होस सदावाहार रुपमा अहिले पनी उतिकै सुन्नमा आउछ जसको कुनै अन्त छैन त्यस्तै जब मनमा भक्कानो फुट्छ अनी संगीत को सहाराले केही हद सम्म टाल्ने गर्छन मानिसहरु त कतिले साहित्य मा रुमल्लिएका हुन्छन प्रेमिकाका गन्थन रच्नको लागि l उनीहरु दिन रात तल्लिन भएर लागी पर्छन हुन पनी हो जब धोका पाइन्छ मन बुझाउन साह्रै कठिन हुन्छ अनी रचिन्छ गजल कविता गीतहरु…… अझ यहाँ त घर छोडेर परदेश पसेका परदेशीको गुनासोमा नै धेरै साहित्य को भाग अडेको छ किन भने मुना-मदन पनी एक यस्तो काव्य को जुन प्रेम-लाप बनेर प्रेमकै चर्चा मा रचियो छापियो र दुनिया को समू देखियो त्यस्तै नव चर्चित गजलकार गोर्खे साइलो को गजल मा प्रेम-विलाप ले गर्दा अहिलेका प्रेमी-प्रेमिका ले मन पराए अनी उत्कृष्ट हुन पुग्यो धेरैले प्रेममा धोका खाएपछि मात्र साहित्य बुझ्नतिर लाग्छन येस्तै गरी यो जमानामा साहित्य प्रेम को साथी हुन पुगेको छ सबैको दिल को ढुकढुकी हुन पुगेको छ साहित्य र संगीत l

एकै नास हेर्ने हो भने संगीतले परदेशमा अझ सबैको साथी भएर गुन्जिएको छ बिना संगीत को नै पो रहला सक्ला र त्यो गीत सुन्न पाए हुन्थ्यो यसको संगीतको के कुरा साह्रै मिठो लाग्छ भनेर चर्चा सुनिन्छ चारैतिर परदेश मा संगीतको l विशेस गरेर पुराना गीतहरुमा दर्द भरिएको हुन्छ मनको तिर्सना मेट्ने खाले हुन्छन पुराना गित भन्दा धेरै नहोला l एउटा मान्छे को मायाले कति फरक पर्दछ …. सुन्दा कतै आफ्नै जीवनमा घटेको घटना हो कि जस्तो पनी कसलाई लाग्दैन र किन कि जुन परदेश मा आफ्ना परिवार छोडेर एक्लो बसेको हुन्छन वास्तबमा नै उसले कल्पना मा दिन बिताउनु परेको हुन्छ प्रियसी को यादमा रात कटाउनु परेको हुन्छ संगै हुदाका खुसीहरु सम्झेर काट्नु परेको हुन्छ परदेशी दिनहरु l त्यो बेला उसको सहारा भनेको संगीत हुन्छ र साहित्य पनी l जब मेरो मन रोएको हुन्थ्यो मैले एक गजल लेख्थे र मन हल्का बनाउथे गाउघर मा डांडा पाखामा घास दाउरा गर्दा होस या परदेशमा भात पकाउने बेला वा नुहाउने बेला होस गीत गुन्जिएकै हुन्छ आफ्नै भाका बोलेको हुन्छ संगीत मा रमेका हुन्छ उनुहरी अनी संगीत लाइ आफ्नु सिरानी बनाएका हुन्छन l साहित्य र संगीत नै जीवनको आखिरी सम्मका साथी हुन भन्छन प्रेम मा धोका पाउनेहरु ….. l

मनोज काफ्ले ‘मनसुन’
manojmansun@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *