Skip to content


आकंक्षाको आँचल ओढी तिमीलाई पर्खीबसें
डोबाटोको मोडहरु छोडी एक्लै यहाँ तर्कीबसें
धोकेबाज रैछौ तिमी मुख मोडी टाढा गयौ,
तिमी आउने बाटोभरि सञ्जीवनी छर्कीबसें।

शाहित्यमा सानै छु म, हेप्न खोज्यौ तिमीले
धारै धारको मझधारमा, सेप्न खोज्यौ तिमीले
तिमीसँग सबै गुण भएको होलान धेरै भण्डार
अरु हान्ने झटारो हानी चेप्न खोज्यौ तिमीले।

मेरो खुन सिञ्चित गर्दा यदी तिमी फक्रीन्छौ भने
सर्बशक्तीमान ईस्वरको सामु तिमी टक्रीन्छौ भने
रगतको धारा केही हैन सबै रगत दान दिउँला
मेरो रगत नपुगेर, यदी तिमी खक्रीन्छौ भने।

कर्कलाको पानी जस्तै अनिस्चित भयो जिन्दगी
बालुवाको महल जस्तै अब्यबस्थित भयो जिन्दगी
अञ्जुलीमा पानी सरह थर थर काम्दै समाईरहेछु,
थोपा थोपा भै सबै चुही जानी भयो यो जिन्दगी।

“पराईमान्छे”

13 thoughts on “मुक्तक”

  1. चार
    खुसीको महल बनाउन एक एक

    चार
    खुसीको महल बनाउन एक एक ईट्टा चाँचीरहोस,
    अनी त्यही महल भित्र मन संधैसंधै हाँसीरहोस,
    यस्तै हो सारा जगत कसैले तार्न सक्दैन यहाँ
    थोपा बाटै बिलाउँछ जिबन तर नाम बाँचीरहोस।

    दुई
    धेरै बोलेछु अलीकती पिएको थिएँ,
    कती हिड्यौ जानकारी लिएको थिएँ,
    नखारिए सम्म बन्दैन राम्रो सुन्
    भनेर मात्रै सानो ज्ञान दिएको थिएँ।

    1. Atithi Wrote:
      दुई
      धेरै बोलेछु

      Atithi Wrote:
      दुई
      धेरै बोलेछु अलीकती पिएको थिएँ,
      कती हिड्यौ जानकारी लिएको थिएँ,
      नखारिए सम्म बन्दैन राम्रो सुन्
      भनेर मात्रै सानो ज्ञान दिएको थिएँ।

      Answer From BJ:

      पिउँदै बोल्नाले काम चल्दैन मित्र
      मत्तुवाको शिक्षाले यहाँ मिल्दैन मित्र
      सत्त मार्ग दिनेहरु पिएर हैन यहाँ
      सुन खार्नलाई पिउनै पर्छ भन्ने मेरो मान्यता छैन ।

      1. राम्रो जवाफ बि.जे.सर
        पिएर

        राम्रो जवाफ बि.जे.सर
        पिएर अरुलाई शिक्षा बाड्दै बिड्यो भने त गफाडी पो भईन्छ त कहाँ गुरु भईन्छ र….
        सबै मुक्तकहरु राम्रा छन

        इन्द्र पुन

    2. छक्कु उदासी

      सरल भाषामा अत्यन्तै गाहिरो र
      सरल भाषामा अत्यन्तै गाहिरो र मिठो भावमा पराई मान्छेको दिलले अरूको ह्र्दयलाई भित्र-भित्र सम्म स्पर्श गरेको छ ।

    3. मेरो खुन सिञ्चित गर्दा यदी
      मेरो खुन सिञ्चित गर्दा यदी तिमी फक्रीन्छौ भने
      सर्बशक्तीमान ईस्वरको सामु तिमी टक्रीन्छौ भने
      रगतको धारा cisco practice exam केही हैन सबै रगत दान दिउँला
      मेरो रगत नपुगेर, यदी तिमी खक्रीन्छौ भने।
      ==========================================================================

    4. एक नम्बर को मुक्तक सबैभन्दा
      एक नम्बर को मुक्तक सबैभन्दा धेरै मन परयो l
      आकंक्षाको आँचल ओढी तिमीलाई पर्खीबसें डोबाटोको मोडहरु छोडी एक्लै यहाँ तर्कीबसें
      धोकेबाज रैछौ तिमी मुख मोडी टाढा गयौ, तिमी आउने बाटोभरि सञ्जीवनी छर्कीबसें।

      पराइ मान्छेलाई सुभकामना को साथमा बधाई पनी…………!!!!!!!!!!!!

    5. सर! कस्तो राम्रो! यहाको रचना

      सर! कस्तो राम्रो! यहाको रचना सार्है राम्रो लाग्यो बधाई छ!”
      keep it up sir,nice

    6. कस्तो राम्रो! यहाको रचना
      कस्तो राम्रो! यहाको रचना सार्है राम्रो लाग्यो बधाई छ!”
      yahako rachna ko sadhi kadar gar6u thx.

    7. tapi ko muktak dari ramro cha
      tapi ko muktak dari ramro cha ma li khushilagiyo tapai ko kosis agi ramro bhanda ramro muktak
      padnapauni ashama bsna chu. ok bey

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *