स्वच्छताको परिभाषा खोजुँ कसरी ?
ढुङ्गालाई फूल मानी रोजुँ कसरी ?
अभिनय गरीगरी घात तिमले गर्यौ
भत्किएका बाचाबन्धन जोडुँ कसरी ?
पराई मैले कसलाई भनुँ आफन्तको सहरमा
गहिरो घाउ र आँसुको मन मोडु कसरी ?
सजाउन व्यर्थ भयो हृदयको एकान्तमा
लाचारी भै तिम्रो तस्बिर फोडुँ कसरी ?
